टिकट नपाएर परीक्षार्थी सिमकोट विमानस्थलमै अलपत्र
नेपालबहस संवाददाता
कात्तिक २८, २०७८ आइतबार १८:३०:५७
२८ कार्तिक, सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मंसिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् ।
दशैं र तिहार मनाउन घर आएका विद्यार्थी हवाई जहाजको टिकट नपाउँदा परीक्षा दिनका लागि जान नपाउँदा विमानस्थलमै रोकिएका छन् । उनीहरूमध्ये केहीले जहाज टिकटकै कारण आफ्नो पढाइ छुटेको गुनासो गरेका छन् । दैनिक दिन बिहान ४ देखि विमानस्थलमा रहेका निजी एयरलाइन्सहरूको कार्यालयमा धाउँदा टिकट नपाएको गुनासो आउने गरेको छ ।
दुई सातादेखि जहाज टिकट नपाएपछि मंसिर १ गते हुने परीक्षा छुट्ने खार्पुनाथ–१ का विष्णु रावलले गुनासो गरे । आफ्नो हातमा जिल्ला प्रशासन कार्यालयको सिफारिस र क्याम्पसको परीक्षा तालिका भएर पनि टिकट नपाएको उनको भनाइ थियो ।
निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधारण, बिरामी तथा विद्यार्थी छटपटाइरहेका छन् । झण्डै एक हप्ता बढीदेखि सीता एयरलाइन्सको बिमान नेपालगञ्जमा बिग्रिएका कारण उडान भर्न सकेको छैन भने समिट र तारा एयरलाइन्सले फोन, पावर र पहुँचका भरमा आफूखुशी टिकट वितरण गरिरहेका छन् ।
यस विषयमा जिल्लाका जनप्रतिनिधि र सरोकार निकाय, नागरिक समाज मौन छन् । दुई सातादेखि विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुको घुइँचो लागेकोे लागेको उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता हुन बाध्य छन् । आज विहान जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङमा गएका पत्रकारलाई विमास्थलका सुरक्षागार्डले दुव्र्यवहार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार