मुगुको खाद्यान्न गोदाम रित्तिनै लागे, १६८ क्विन्टल मात्रै मौज्दात

नेपालबहस संवाददाता
कात्तिक २८, २०७८ आइतबार १८:५१:०

खड्क सुनार
२८ कार्तिक, मुगु । हिमाली जिल्ला मुगुका खाद्यान्न गोदाम रित्तिनै लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले जिल्लामा खाद्यान्न अभावको आशंका गर्न थालेका छन् ।
गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल एक सय ६८ क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका निमित्त शाखा प्रमुख पुस्कर भामले बताए ।
सदरमुकाम गमगढीबाट हाल दुई प्रकारका चामल बिक्री भइरहेका छन् । जसमा जिरा मसिनो चामल ६५ क्विन्टल, जापानिज मोटो चामल एक सय क्विन्टल र तीन क्विन्टल दाल मात्रै गोदाममा मौज्दात छ । एक सय ६८ क्विन्टल चामलबाटै बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ ।
जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा बढिदेखि रित्तिसकेका छन् । जिल्लामा खाद्यान्न अभाव भइ भोकमरीको अवस्था सिर्जना भएकाले शाखा कार्यालय मुगु बाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगञ्ज, राजापुर, प्रधान कार्यालय काठमाण्डौं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशिघ्र चामल ढुवानी गर्न पटक पटक पत्र काट्दा समेत कुनै सुनुवाई नगरेको निमित्त शाखा प्रमुख भामको भनाइ छ ।
श्रीकोट डिपो केन्द्रमा ६० क्विन्टल चामल भर्खरै पुगिसकेको र त्यो चामल पनि केही दिनसम्म मात्र हुने भामको भनाइ छ । साथै यसवर्षको कात्तिक महिनामा परेको अविरल वर्षाका कारण यहाँका किसानको खेतीपाती पनि उत्पादनमा कमी आउनु र उत्पादन भएको बाली पनि गतिलो नहुनाले छाक टार्न समस्या हुनुका साथै गोदममा चामल रित्तिएपछि भोकमरी निम्तिने अवस्था आएको छायानाथ रारा नगरपालिका वडा नं ५ का सिंहराज बिकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
झापामा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
मुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष प्रचण्ड
फागुन १५, २०८१ बिहिबार