सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक चाडै नै पारित हुने
नेपालबहस संवाददाता
कात्तिक २९, २०७८ सोमबार २१:५८:३०
२९ कार्तिक, जुम्ला । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ चाडै नै पारित हुने बताएका छन् । उनले सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ कर्णाली प्रदेशसभामा दर्ता भइसकेको र चाडै नै पारित पनि हुने विश्वास व्यक्त गरे ।
उनी तत्कालिन खस राज्यको राजधानी जुम्लाको सिँजामा सिँजा सभ्यता विधेयकको बिषयमा सुझाव संकलन गर्न पुगेका हुन् । कर्णाली प्रदेशसभा सचिवालयको आयोजनामा सिँजा सभ्यता संरक्षण तथा विकास विधेक २०७८ ले स्थानीय स्तरमा सुझाव संकलन गरेको हो । जुम्ला प्रदेशसभा ‘क’ का सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी, कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीसहित जुम्लास्थित स्थानीय बुद्धिजिवी र जनप्रतिनिधि र सरोकारवाला निकायहरूमार्फत सुझाव संकलन भइरहेको छ ।
कर्णाली प्रदेशसभामा १० असोज २०७८ मा सांसद पदम रोकाया र दिनबन्धु श्रेष्ठको समन्वयमा सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक दर्ता भएको थियो । यसमा थप समेट्नु पर्ने बिषयमा सुझाव दिएको छ । सिँजा सभ्यता संरक्षण गर्ने विधेयक ऐतिहासिक कानुनी दस्तावेज हुने भएकाले दर्ता गर्ने सांसद र प्रदेश सचिवालयलाईको टोली कनकासुन्दरी गाउँपालिका-४ मा रहेको लामाथाडा पुगेका हुन् ।
सिँजावासीले सभ्यता ब्यूँझाउन विधेयक चाडै नै प्रदेश सभा संसदबाट पारित गर्न आग्रह समेत गरेका छन् । स्थानीय खसभाषाका जानकार रमानन्द आचार्यले भाषा जन्माएको, संस्कृति जन्माउने सिञ्जामा सभ्यताको छलफल र सुझाव दिन पाउँदा खुशी लागेको बताए । विधेयक चाडै पास गर्न उनले कर्णाली प्रदेशसभाको टोलीलाई अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार