भ्रष्ट्राचारका उजुरी सबैभन्दा बढी स्थानीय तहका : अख्तियार प्रतिवेदन
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार १३:४:५
३० कार्तिक, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संघ, प्रदेशभन्दा बढी स्थानीय तहका आर्थिक अनियमितता सम्बन्धी उजुरी परेको छ । अख्तियार कार्यालय बर्दिबासले प्रदेश २ का प्रमुख हरिशंकर मिश्रलाई बुझाएको वार्षिक प्रतिवेदनमा यस्तो विवरण पाइएको हो ।
बर्दिबासस्थित अख्तियारको कार्यालयले चालु आर्थिक वर्षमा १ हजार २१ वटा उजुरीको अध्ययन अनुसन्धान गरिरहेकोमा स्थानीय तहको मात्रै ९ सय ५२, प्रदेशको ७५ र संघ तर्फको ४९१ वटा उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।
अख्तियारले बुझाएको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७७/७८ मा कुल २ हजार ५ सय ९७ वटा उजुरी परेकोमा मध्ये १ हजार ४ सय १ वटा उजुरी फर्छौट भएको र बाँकी उजुरी यस वर्षमा सारेकोले सोको अध्ययन अनुसन्धान भइरहेको अख्तियारका कार्यालय बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।
गत वर्ष ९ वटा स्टिङ्ग अपरेशन गरेको र सो बाट १ करोड २९ लाख ९५ हजार ५२० रुपैयाँ बरामद गरेको प्रमुख सापकोटाले बताए ।
गत वर्षको जिम्मेवारी सरेर आएका १ हजार १ सय ९६ र चालु आर्थिक वर्षको असोज सम्ममा ३ सय २५ वटा उजुरी परेको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । सो मध्ये १ सय ५६ वटा उजुरी फर्छौट भएको प्रतिवेदनमा उल्लेख छ ।
बर्दिवासस्थित अख्तियारले बुझाएको प्रतिवेदनमा प्रदेशका ४ वटा जिल्ला धनुषा, महोत्तरुी, सर्लाही, सिरहा र बाँकी ५ वटा अन्य प्रदेशका जिल्ला सिन्धुली, रामेछाप, संखुवासभा, खोटाङ र ओखलढुंगा गरि ९ वटा जिल्लाको प्रतिवेदन समावेश गरिएको छ ।
प्रदेशतर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित उजुरी रहेका छन् भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा नियन्त्रकको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मुख्यन्यायाधिवक्ताको कार्यालयविरुद्ध कुनै उजुरी नपरेको अख्तियार प्रमुख सापकोटाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार