नेपाल दूरसञ्चार कम्पनीले गर्यो पहिलो त्रैमासमा २ अर्ब २५ करोड मुनाफा, ईपीएस कति ?
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार १६:१३:९
३० कार्तिक, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ रहेको थियो। कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १३.२० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशत बढेको छ।
पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार