कर्णाली भेगको कथामा डोल्पामा ‘बुलाकी’
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार २१:९:२
३० कार्तिक, काठमाडौं । तिहार लगतै छायांकन सुरु गरिएको ‘बुलाकी’ फिल्मको ३५ प्रतिशत दृश्य खिचि सकिएको जानकारी प्राप्त भएको छ । डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै युनीट काठमाडौंबाट डोल्पा पुगेको थियो ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट,प्रकाश कँडेल,सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।
इन्टरनेट तथा मोबाइल टावरको प्रचुर ब्यबस्था नभएको स्थानहरुमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनीयाँमा पुगेजस्तो महसुस भइरहेको अनुभव नवअभिनेता बिराजले सुनाएका छन् । ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’ आफू सुगम स्थानमा आएको मौका छोपी फोन गरेको बताउँदै उनले भने,‘हामीहरु अर्कै दुनीयाँमा आएजस्तो महसुस भइरहेको छ ।’
अभिनेत्री सुरक्षाले केही दिनअघि भौगीलिक, सामाजीक तथा प्राकृतिक हिसावले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गरेकी थिइन् । उनले धेरै कुरा लेख्न मन लागे तापनि नेट नहुदाँ असमर्थ भएको उल्लेख गरेकी थिइन् ।
कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिब ढकाल हुन् । से–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतको पनि अभिनय छ ।
सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्मको पूरा छायांकन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा आधार शिविर अवलोकन
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
मंसिर ९, २०८१ आइतबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार