गरिमा विकास बैंक र सहारा विकास बैंक एक्विजिशन भई एकिकृत कारोबार शुभारम्भ
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७८ मंगलबार २१:४४:२७
काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंक एक्विजिशन भई एकिकृत कारोवार शुभारम्भ भएको छ ।
कात्तिक २८ गते आइतवार काठमाडौं महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड सर्लाही जिल्ला मलंगवा वडा नं. ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको हो ।
प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्तापूँजी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच र आठ पैसा मात्र पुग्ने छ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।
प्राप्ति प्रश्चात बैंकले शेयर धनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्र प्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास बैंकले लिइएको छ ।
आज सर्लाहीको मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहबाट समुद्धघाटन भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गरेका थिए भने संचालक डा। आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
साविक सहारा विकास बैंक लिमिटेडका अध्यक्ष सुगन्धकुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यबाद ज्ञापन गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार