झापा कांग्रेसमा नेतृत्व परिवर्तनको पक्षधर समूह बलियो
यज्ञप्रसाद भट्टराई
कात्तिक ३०, २०७८ मंगलबार २२:२७:५२
नेपाली कांग्रेसको चौधौँ महाधिशेनको शरगर्मीले अहिले मुलुकै भरिको राजनीतिक माहौला तताएको छ । देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको यो महाधिबेशनलाई राजनीतिक बृत्तमा अत्यन्तै महत्वका साथ हेरिएको छ । देशमा भएका हरेक प्रकारका राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस अहिलेको वर्तमान नेतृत्वको गलत गतिबिधिका कारणले क्षतबिक्षत अवस्थामा पुगेको छ ।
सामुहिक नेतृत्व र एकताबद्ध नेपाली कांग्रेसलाई पटक पटक फुटाउने र गुटगत राजनीतिमा रमाउने बर्तमान सभापति शेरबहादुर देउवाका कारण नेपाली कांग्रेस अवसानको बाटोतर्फ अग्रसर हुन लागेको त छैन ? भनेर समेत आम नेपाली कांग्रेस बृत्तमा अत्यन्तै ठूलो चासो, भय र चिन्ताले समेत सताउन थालेको बुझिएको छ ।
बिगतमा हुने महाधिबेशनहरुमा नेतृत्व चयनमा हुने सामुहिक समझदारी र लोकतान्त्रिक प्रतिस्पर्धालाई बिर्षिएर बर्तमान नेपाली कांग्रेस आम निर्वाचन झै प्रतिस्पर्धामा उत्रिए पछि नेपाली कांग्रेसको भोलिको राजनीतिक भविष्य के होला ? र कता तिर जाला ? भनेर कांग्रेसजनहरुमा नै चिन्ता गर्न थालेका छन् ।
चौधौँ महाधिबेशनको तैयारीका क्रममा अहिले देशैभरी शेरबहादुर देउवाको समूह र परिवर्तनको पक्षमा नेपाली कांग्रेसलाई रुपान्तरित गरेर लैजानु पर्छ भन्ने बिचार बोकेको परिवर्तनका पक्षधरहरुबिच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । झापा जिल्लामा पनि नेपाली कांग्रेसको चौधौ महाधिबेशनमा देखिएको यि दुबै पक्षको रोमाञ्चक प्रतिस्पर्धाले सिंगो झापा जिल्ला अहिले कांग्रेसमय बनेको छ ।
नेपाली कांग्रेसको यो महाधिबेशनमा कांग्रेसको कारण अन्य राजनीतिक दलहरुले समेत चलखेल गर्ने अवसर पाएको नेपाली कांग्रेस झापाका युवा नेताहरु साथै प्रतिस्पर्धामा उत्रिएका उममेदबारहरुले बताउने गरेका छन् । नेपाली कांग्रेस पार्टीभित्रका आन्तरिक अभ्यासमा विपक्षि दलहरुको अनावश्यक टिप्पणीमा समेत कांग्रेस नेताहरुको हसिमजाक समर्थनलेउनिहरुकै कद घटाएको अनुमान गर्न सकिन्छ ।
झापा जिल्लामा अहिले शेरबहादुर देउवा पक्षबाट सभापतिको उम्मेदबारमा राम कट्टेलको प्यानल सहितको उम्मेदवारी र परिवर्तनको पक्षधर समूहबाट देउमान थेवेको प्यानल सहितको उम्मेदबारी सहित प्रतिस्पर्धामा उत्रिएका छन् । दुबै नेता झापा जिल्लामा स्थापित नेता भएता पनि अहिलेसम्मको जोड घटाउमा देउमान थेबेको अवस्था धेरै माथि रहेको बुझिएको छ । राम कट्टेललाई पार्टी प्रबक्ता बिश्वप्रकाश शर्मा र देउमान थेवेलाई कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको साथ रहेको झापा कांग्रेसले जनाएको छ ।
क्षेत्रगत हिसाबमा झापाको सबैभन्दा महत्वपूर्ण क्षेत्र रहेको क्षेत्र नं. ५ मा पनि अहिले महाधिबेशनको रौनकले आम कांग्रेस नेता तथा कार्यकर्ता तहमा रोमाञ्चकता थपिरहेको देखिएको छ । मंसिर ३ गते सम्पन्न हुन गैरहेको प्रदेश महाधिबेशनमा झापा क्षेत्र नं। ५ ख बाट शेरबहादुर देउवा पक्षधर समूहबाट रबी के सी को प्यानल र बर्तमान कांग्रेस नेतृत्वमा परिवर्तन खोजिरहेको पक्षधर समूहबाट चुडेन्द्र बहादुर खड्काको प्यानल सहित उम्मेदबारहरु लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
बिगतको वडा, नगर महाधिबेशन देखि नै चुलिएको गुटको यो श्रृङ्खला प्रदेश, क्षेत्र, जिल्ला हुदै केन्द्रीय महाधिबेशनसम्म नै लम्बिने अवस्था देखिएको छ । पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई दलगत प्रतिस्पर्धा जस्तो घिनलाग्दो प्रतिस्पर्धा गराएर देउवाले आफ्नै कद घटाएको समेत कांग्रेस बृत्तमा चर्चा समेत हुने गरेको पाईएको छ ।
झापा जिल्ला क्षेत्र नं। ५ ख को निर्वाचनमा देउवा पक्षको नेतृत्व गर्दै कांग्रेस नेताहरु शुरेस शुब्बा, दिल बहादुर बुढाथोकी, हुकुमसिंह राई, पदम बुढाथोकी लगायतका नेताहरुले नेतृत्व गरिरहेका छन् भने परिवर्तनको पक्षधर समुहलाई नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई सहित गौरादह नगर पालिकाका मेयर रोहित शाह, शेर बहादुर भट्टराई, राजन ढुंगाना, रामकुमारी पौडेल, अनिलकृष्ण प्रसाई, रेगिना भट्टराई प्रसाई, देबि दाहाल, प्रथम धिमाल, घनेन्द्रराज योङ्गया लगायतले नेतृत्व गरि आ–आफ्नो प्यानलमा मत मागिरहेको बुझिएको छ ।
समग्रमा अहिले झापा जिल्ला क्षेत्र नं। ५ ख मा देउवा पक्षधर समूह भन्दा परिवर्तनको पक्षधर समूह नै बलियो अवस्थामा देखिएको छ । झापा जिल्लाको प्रखर र स्थापित नेताहरुको साथ, समर्थन र सहयोग बर्तमान कांग्रेस नेतृत्व परिवर्तनको पक्षमा देखिएकोले यस पटकको प्रदेश, क्षेत्र, जिल्ला महाधिबेशनमा झापामा परिवर्तनको पक्षमा अगाडि आईरहेको प्यानलले नै बाजी मार्ने सम्भावना बढी रहेको आम झापा कांग्रेस बृत्तमा अनुमान गरिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार