सरकारी बेवास्ता र जनताको लापरबाहीले कोरोना संक्रमण भयावह हुन सक्छ !
नेपालबहस संवाददाता
मंसिर १, २०७८ बुधबार १७:६:२२
अनुसा थापा
कोरोना महामारीको दोस्रो लहर कायमै छ । बन्द गरिएका क्षेत्रहरु महिनौंपछि खुल्न थालेका छन् । कोरोना सुरु हुनेबित्तिकै बन्द गरिएका विद्यालयहरु पनि चलायमन हुँदै छन् । अभिभावकहरुले पनि आफ्नो मनमा डर राखेर छोराछोरी विधालय पठाएका छन।
सरकारी तथा निजी विद्यालयहरु खले पनि कोरोनाको जोखिमलाई भने गरेको देखिन्न । विधार्थीहरु पनि हेलचेक्रयाइँ गरिरहेका छन् । विद्यालय खोल्ने वा बन्द गर्ने हो स्थानीय तहको जिम्मेवारीमा छ । विद्यालयहरुले बालबालिकाको स्वास्थ्यमाथि खेलबाड त गरिरहेको छैनन् भनेर हेर्ने काम पनि महानगरपालिका नगरपालिका तथा गाउँपालिकाले गर्नुपर्ने छ । तर, थानीय निकाय बेखबर छन् । नेपाल सरकारले कोरोना हटिसक्यो भनेर विश्वास दिलाउन सकेको अवस्थाछैन। सबै नागरिक र बालबालिकाले खोपसमेत पाउन सकेका छैनन् । पछिल्लो समय कोभिडको संक्रमण कम भएका तथ्यांक आइरहेका छन् । यसको कारण परीक्षण गराउने आमसर्वसाधारणको संख्या कम भएका कारण हुन सक्छ। मृत्यु हुनेको संख्या भने घट्न नसकेकाले यसलाई पुष्टि गर्छ।
विद्यालयका बेवास्ताले गर्दा विद्यार्थीहरुले काेरोना प्रति बेवास्ता गरेर स्वतन्त्र रुपमा जथाभावी हिँडेका छन् । विद्यालयले पनि निकै लापरबाही गरिरहेको देखिन्छ । अझै पनि एउटै बेञ्चमा पाँच जनासम्म विधार्थी राख्ने गरेका छन् । विद्यार्थीको भौतिक दूरीको कुरा त छोडौ शिक्षकहरुले समेत कोरोनालाई बेवास्ता गरेको देखिन्छ।
विद्यार्थीहरुको मुखमा मास्क पनि छैन, विद्यालयका ढोकामा स्यानिटाइजरको व्यवस्थासमेत छैन । विद्यालयभित्र रहेका खाजाघरमा पनि निकै चर्को भीड देखिन्छ । विगतमा धेरै विद्यार्थीहरु पढ्न गएकै ठाँउबाट कोरोना सल्केर मरे ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनालाई विशेष प्राथमिकता दिने भने पनि डाक्टरको सरुवा र बढुवा गर्दैमा समय बिताएको देखिन्छ । विद्यालय जस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नतर्फ मन्त्रालयल् सोचेको देखिन्न ।
सरकारले बनाएको मापदण्ड पालना गर्ने सहमतिसँगै सबै व्यापारिक क्षेत्रहरु सञ्चालनमा आए । गृह मन्त्रालयले पनि जनतासँग अनुगमन गर्ने बाचा गर्दै व्यापार व्यवसाय चलाउन दियो । तर सरकार तथा व्यापारी दुवैले स्वास्थ्य मापलण्ड पालना गराउन र गर्न बेवास्ता गरिरहेका छन् । उपत्यकामा भएका कुनै पनि व्यवसायले कुनै पनि स्वास्थ्य मापदण्डको
पालना गरेको छैनन् । वित्तीय संस्था, रात्रिकालीन व्यवसायी, किराना पसल, यातायात क्षेत्र कुनै व्यवसायीले पनि सरकारले बनाएको मापदण्ड पालना गरेका छैनन् । अहिले रात्रिकालीन व्यवसायीहरु रातभरि सञ्चालन भइरहेका छन् । तिनीहरुले पनि स्वास्थ्य मापदण्डको धज्जी उडाइदिएका छन् ।
सार्वजनिक यातायातको स्थिति पनि त्यस्तै छ । यातायातका साधनमा अति भीड छ, यात्रुहरुलाई सास फेर्न पनि हम्मेहम्मे पर्छ । चालक, सहचालकले मास्क तथा पञ्जाबिनै काम गरिरहेका छन् । स्यानिटाइजर त सार्वजनिक सवारीका ढोकामा देख्नसमेत पाइँदैन ।
फुटपाथमा व्यापार गर्ने तथा किन्नेहरुले पनि हेलचेक्याइँ गरिरहेका छन् । फुटपाथमा त मेला लागेजस्तो देखिन्छ । मान्छेको अत्याधिक चाप त्यही माथिको अव्यवस्थित फुटपाथ व्यवसाय । किराना पसलेहरुले पनि स्वास्थ्य मापदण्डको पालना नगरिकनै व्यापार गरिरहेका छन् । बाटो हिँड्ने सर्वसाधारण त झन् निडर भएर हिडेका देखिन्छन् ।
माइतीघरमा दैनिकजसो आन्दोलन, विरोध र धर्ना देख्न सकिन्छ । सर्वोच्च अदालतमा केही दिनयता दिनकै आन्दोलन हुने गरेको छ । उनीहरुले पनि कोरोनाविरुद्धका मापदण्ड पालना गरेका छैनन् । कोरोनाले त वकिल, न्याधीश र जनता भन्दैन नि । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्दैन रु सबै क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना गर्नमा बेवास्ता गर्दा कोरोनाको संक्रमण थप भयावह हुन सक्छ । सरकारका सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ । आफै बनाएको स्वाथ्य मापदण्ड पालना गराउन सरकारी निकाय चसक्ने हो भने त्यो राष्ट्र्का लागि निकै महँगो पर्नेछी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार