साढे २८ करोड लागतमा बनिरहेको सिटीहल निर्माण अन्तिम चरणमा
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार १६:५०:६
३ मंसिर, काठमाडौं । नेपाल सरकारको साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा अत्याधुनिक सुविधासहितको सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ बिघा जमिनमा २८ करोड ५५ लाखको लगानीमा सो सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ कार्य भइरहेको छ ।
राष्ट्रिय सभागृहको मोडेलमा निर्माण गरिएको सिटीहलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई रिहल्सल हल छन् । करिब ४०० गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको सङ्घीय योजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ ।
सङ्घीय योजना कार्यान्वयन एकाइका इञ्जीनियर पुजन न्यौपानेले फलसिलिङ लगाउने, रङरोगन गर्ने, बिजुली बत्ती जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायत काम भइरहेको बताए । उनले मुख्य अडिटोरियमको क्षमता ९०० भन्दा बढीको र सेमिनार हलको क्षमता २०० जनाको रहेको जानकारी दिए ।
कार्यालयका अनुसार सो सिटीहल निर्माणका लागि विकाइ एमके रोयल धनगढीसँग विसं २०७५ माघ २ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार आगामी पुस ९ गतेभित्रै काम सक्ने गरी काम भइरहेको इञ्जीनियर न्यौपानेको भनाइ छ । कोभिड–१९ का कारण काममा बाधा उत्पन्न भए पनि सिटीहल निर्माण समयमै पूरा गर्ने प्रयास गरिरहेको इञ्जीनियर न्यौपानेले बताए। साउण्ड सिस्टम जडान गर्ने काम बाँकी छ ।
सिटीहल निर्माणका लागि एक करोडमा धनगढी नमूना प्राविधिक माविसँग जमिन खरिद गरिएको थियो । इञ्जीनियर न्यौपानेले हालसम्म रु २२ करोड ६६ लाख खर्च भइसकेको बताउनुभयो । सिटीहल सञ्चालन गाइडलाइन बनाएर उपमहानगरपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने जनाइएको छ ।
धनगढी–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले ठेक्कामार्फत सिटीहल सञ्चालन गरिने बताउनभयो । कार्यपालिकाबाट निर्णय नभइसकेको भए पनि बोलपत्रमार्फत ठेक्का दिने विषयमा छलफल भइरहेकाले हस्तान्तरण भएर उपमहानगरपालिकामा आएपछि बोलपत्र आह्वान गरिने जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार