कांग्रेस अधिवेशन : कपिलवस्तुमा युवा नेताको उम्मेदवार दर्ता

नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार २१:२५:४५

३ मंसिर, कपिलवस्तु । नेपाली कांग्रेसको शुक्रवार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन सुरू भएको छ । कपिलवस्तुको छ निर्वाचन क्षेत्रमा शुक्रबार मनोनयन दर्ता हुँदै छ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलगअलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ ।
अधिवेशनको माहौल सुरू हुँदै फेसबुकमार्फत युवापुस्ताले पनि उम्मेदवार दिने घोषणा गरेका थिए । तर, गुटको दबाबका कारण युवाहरूले उम्मेदवार दिनबाट रोकिनु परेको छ ।
कपिलवस्तु क्षेत्र नं. २ ‘क’ अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक विद्यार्थी नेता दबाब त्यागेर भए पनि निर्वाचनमा होमिएका छन् ।
नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल ‘अच्युत’ ले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालका अनुसार उनले ११ जना प्रतिस्पर्धीसँग सामना गर्नुपर्ने भएको छ ।
प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित भएका छन् ।
कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको अच्युतले बताए । उम्मेदवारी घोषणा गरेपछि उनलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः फाइनल खेल्ने सुरुवाती टीममा छन यी खेलाडी
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
फागुन १४, २०८१ बुधबार