एबी डी विलियर्सले किक्रेट नखेल्ने
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार २१:४७:८
एजेन्सी । दक्षिण अफ्रिका पूर्व कप्तान एवी डिभिलियर्सले सबै क्रिकेट शैलीबाट सन्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डी भिलियर्सले फ्रेन्चाइज लिगहरु खेल्दै आएका थिए । तर डिभिलियर्सले शुक्रबार सबै क्रिकेटका शैलीबाट सन्यासको लिएको जनाएका छन् ।
योसँगै उनी अव खेलाडीको रुपमा मैदान देखिने छैनन् । उनले दक्षिण अफ्रिकाबाट १ सय १४ ओडिआई, २ सय २८ ओडिआई र ७८ टि२० आई खेल खेलेका छन् । डि भिलियर्स विश्व क्रिकेटका सर्वाधिक आक्रामक ब्याटरमा पर्दछन् । मैदानको चारैतर्फ सट प्रहार गर्न सिपालु डि भिलियर्सलाई मिष्टर ३ सय ६० डिग्री भन्ने गरिन्छ । विष्फोटक ब्याटिङ डिभिलियर्सको प्रमुख विशेषता थियो । उनको विष्फोटक ब्याटिङले विश्वका समर्थकलाई आर्कषित गरेको थियो ।
डिभिलियर्सको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक ३१ बलको कीर्तिमान छ । सन् २०१५ मा डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध ३१ बलमै शतक प्रहार गरेका थिए । इन्डियन प्रिमियर लिग ९आइपिएल० मा उनले रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्दै आएका छन् । यस सिजन देखि विराट कोहलीले कप्तानी छाडेपछि डिभिलियर्सलाई कप्तानको दाबेदारको रुपमा समेत हेरिएको थियो ।
उनले १ सय ९१ टेस्ट इनिङमा २२ शतक र ४६ अर्धशतक सहित ८ हजार ७ सय ६५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ७८ रन अविजित छ । २ सय १८ ओडिआई इनिङमा उनले २५ शतक र ५३ अर्धशतक सहित ९ हजार ५ सय ७७ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ७६ रन छ । ३ सय ४० टि२० खेलमा डिभिलियर्सले ४ शतक र ६९ अर्धशतक सहित ९ हजार ४ सय २४ रन बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार