पर्वतमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार २२:१२:४३
३ मंसिर, पर्वत । जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
यहाँका सातवटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएको हो । यसअघि ४५ वर्षभन्दा माथिका सबै नागरिकले दुवै मात्रा खोप पाइसकेका छन् । १८ देखि ४५ वर्ष उमेर समूहका सबै नागरिकलार्ई गत कात्तिक ३० गते देखिनै खोप लगाउन थालिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत कात्तिक ३० र यही मंसिर १ गते महाशिलामा, मंसिर २ र ३ गते फलेवास नगरपालिका, पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा, मंसिर ५ र ६ गते कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा तथा मंसिर ७ र ८ गते जलजला गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय भएको छ ।
कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलका अनुसार यो उमेर समूहका सबै नागरिकलाई खोप लगाउन जिल्लामा ३५ हजार ८०० डोज भेरोसेल खोप आएको छ । उक्त डोजले सबै नागरिकले खोप लगाउन पाउने भएका छन् । यो पहिलो डोज रहेको र एक महिनापछि अर्को डोज दिइने पनि कार्यालयले जनाएको छ ।
जिल्लामा १८ वर्ष माथिका कूल ९३ हजार जनसङ्ख्यामध्ये अहिलेसम्म ४७ हजार १४६ ले खोप लगाइसकेको समेत कार्यालयले जनाएको छ । यही मंसिर ८ पछि १८ वर्ष माथिका सबै नागरिकले खोप पाइसक्ने पनि उनले बताए । खोप अभियान सबै पालिकाका सबै स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार