१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन
नेपालबहस संवाददाता
मंसिर ४, २०७८ आइतबार ०:२:५१
सुरेश परियार
४ मंसिर, सिमकोट । २०५९ पौष २६ गते स्थापना भएको हिमाली नवीन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा ४ सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुनर्मिलन गरेको छ । जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अठार वर्षसम्म आइपुग्दा ४ सय ९४ जना बालबालिकाको उद्धार गरी उनीहरूको परिवारसँग पुनर्मिलन गरिएको हो ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने काम गरिरहेको छ । राम्रो पढाउनुका साथै उच्च शिक्षासम्म नि:शुल्क पठनपाठन गराइदिने प्रलोभनमा पारेर जिल्ला बाहिर लगिएका ती बालबालिकाको उद्धार गरिएको समाजका निर्देशक धनबहादुर लामाले बताए ।
जिल्लाबाहिर नेपालगञ्ज, काठमाडौं, पोखरालगायत सहरबाट राष्ट्रिय बालअधिकार परिषद् तथा स्थानीय तह अर्थात्, सम्बन्धी गाउँपालिका र नगरपालिकामा रहेका होस्टेलमा, बालगृहबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको लामाले बताए ।
गाउँबाट १२ कक्षाभन्दा माथिसम्म निःशुल्क पढाइ दिने प्रलोभनलगायत विभिन्न बहानामा बालबालिका जिल्ला बाहिर लग्ने गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कापी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिएर देशका विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेको अवस्थामा अधिकांश बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए ।
जोखिम अवस्थामा बालगृहमा रहेका तथा देशका चर्चित पर्यटकीय क्षेत्रबाट गरेर हुम्लाका हालसम्म ४ सय ९४ जनाको उद्धार गरिएको हो । विशेष गरी पर्यटकीय सहरबाट बढी उद्धार गरिएको र बालबालिकाको गन्तव्य नै पर्यटकीय क्षेत्रमा रहेको छ । उनले भने, ‘बसैभन्दा बढी पर्यटकीय क्षेत्रबाट देशभरका बालबालिका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको छ ।’
हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने निर्देशक लामाले बताए । हुम्लाका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएका ४ सय ९४ बालबालिका मध्ये ९२ जना बालबालिकालाई समाजले संरक्षण गरिरहेको छ ।
समाजले संरक्षण गरेका ५२ जना बालबालिकाको घरको आर्थिक अवस्था, उद्धार गरिएका प्रत्येक बालबालिकाको केश अनुसार उनीहरूलाई शिक्षाको सहयोग, आयआर्जनको सहयोगलगायत अलग(अलग क्षेत्रमा सहयोग गरिरहेको निर्देशक लामाले बताए ।
उनले भने, ‘राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह तथा गाउँपालिका, नगरपालिकाको समन्वयमा अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारसँग पुनर्मिलन गरेका छौं । पुनर्मिलनपछि पनि आर्थिक सहयोग गरेका छौं ।’
नेपालको ६७ वटा जिल्ला मध्ये सबैभन्दा बढी हुम्ला, मुगु, सुर्खेत, धादिङ, सिन्धुपाल्चोक, जुम्लालगायतका जिल्लाहरूबाट बालबालिका अलपत्र पर्ने गरेको उनले बताए । हुम्ला, मुगु र सुर्खेत जिल्लाबाट हालसम्म बढी बालबालिकाको उद्धार गरी सम्बन्धित परिवारसँग पुर्न मिलन गरिएको लामाले बताए । हिमाली नवीन समाजले देशका विभिन्न बालगृहहरूमा छड्के गर्दा उनीहरू अलपत्रका पर्ने गरेपछि उद्धार गरिने गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार