कञ्चनजङ्घामा पर्यटकको चहलपहल, होटल व्यवसायी उत्साहित
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १४:०:२०
५ मंसिर, फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यस वर्ष भने आन्तिरक तथा बाह्य पर्यटक उत्साहजनकरूपमा बढ्दै गएका हुन् ।
कोभिड–१९का कारण दुई वर्ष सुनसान रहेको कञ्चनजङ्घा क्षेत्रमा गत महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको हो । कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधार क्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमा पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ । नेपालका विभिन्न जिल्ला गरी १०० जना आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको जाँचचौकी कार्यालयले जनाएको छ ।
अमेरिका, फ्रान्स, जर्मन, लाचिया, ब्रिटिस र भारतलगायत देशबाट ६५ बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताए ।
यसैगरी फक्ताङ्लुङ ‘कुम्भकर्ण–७७१० मिटर’ हिमाल आरोहणमा गएको दुई अमेरिकी आरोहीसहितको टोली करिब एक महिना आरोहणको प्रयासपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङतर्फ फर्किएको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।
यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ पर्यटक ओलाङचुङगोलबाट संखुवासभाको सीमा क्षेत्र लुम्बासुम्बा हुँदै मकालु प्रवेश गरेको ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताए ।
पर्यटकको चहलपहल बढेसँगै तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय बस्तीमा पयर्टकको खचाखच हुन थालेको छ । त्यस्तै तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला बस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताए । फले, घुन्सागाउँ कञ्चनजङ्घा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुआत विन्दु पर्दछ । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल ९पूर्व–पश्चिम पदमार्ग० पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए
लामो समयसम्म कोभिड–१९का कारणले बन्द भएको कञ्चनजङ्घा क्षेत्रका होटल खुल्ल थालेका छन् । ठूलो लगानी गररे निर्माण गरिएका होटल दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो । तर गत सातादेखि पर्यटकको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ । कोभिडका कारण बन्द रहेका होटल व्यवसायी कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आएपछि पर्यटन तथा होटल व्यवसायी अहिले उत्साहित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार