काक्रेविहारमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १८:४४:४
![](https://nepalbahas.prixacdn.net/media/albums/kakre-bihar-temple-surkhet.jpg_Ec6YWxDtDg.jpg)
जितेन्द्र थापा
५ मंसिर, सुर्खेत । सुर्खेतको काक्रेविहार कर्णाली प्रदेशको राजाधानी सुर्खेतमा अवस्थित एक पुरातात्त्विक महत्व बोकेको महत्वपूर्ण पर्यटकीय स्थल हो । यहाँ दैनिक रूपमा सयौँको संख्यामा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।
कोरोना संक्रमण दर ओरालो लागेसँगै दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । काक्रेविहार अवलोकन गर्न जाँदा बाटोको अवस्था राम्रो नहुँदा त्यहाँ पुग्ने पर्यटकले सास्ती भोग्नु परेको छ । काक्रेबिहार भनेर सुन्दा उत्तिकै रहस्यमय ठाउँ र त्यहाँ पुग्न पनि बाटोको कारणले सास्ती खेप्नु परेको त्यहाँ पुग्ने पर्यटकहरू बताउँछन् ।
काक्रेविहार अवलोकन गर्नलाई शुक्रबार कन्चनपुरको महाकाली नगरपालिका-४ कि दुर्गा बडुवालसहित उनको टिम सुर्खेत पुग्यो । बाटोमा विभिन्न अवरोधहरू पार गर्दै पुरातात्त्विक महत्व बोकेको काक्रेविहार पुग्न शुक्रबार साँझ वीरेन्द्रनगरमा बास भयो । पहिलोचोटी सुर्खेत पुगेको र किताबमा उल्लेख भएको काक्रेविहारको चित्र कतिबेला नजिकै पुगेर प्रत्यक्ष आखाँले हेर्न कतिबेला हेर्न पाउँला भन्ने उत्सुकता जागिरहेको थियो । कन्चनपुरदेखि काक्रेविहारको अवलोकन गर्न वीरेन्द्रनगर पुगेका दुर्गाको ५० जनाको टिमलाई कतिबेला उज्यालो होला अनि काक्रेविहार पुगौँला भन्ने उत्सुकताले मन चन्चल भएको थियो ।
बिहान सबेरै उठेर उनीहरूको टिम फ्रेस भएर काक्रेबिहार पुग्यो । पहिलोचोटी आएको र किताबमा देखेको काक्रेविहारलाई नजिकबाट प्रत्यक्ष रूपमा निहाल्न पाउँदा खुसीको सीमै रहेन । उनीहरू दंग परे, ढुंगा नै ढंगाले बनेको काक्रेविहारको चित्र आँखै अगाडि प्रत्यक्ष देखेकोमा । तर, काक्रेविहार पुग्ने बाटोको अवस्था देख्दा भने मन खिन्न भएको कन्चनपुरको महाकाली नगरपालिका-४ कि गिता बडुवाल बताउँछिन् ।
काक्रेविहार पुग्दा मन प्रफुलित भयो । तर, यहाँसम्म पुग्ने बाटोको अवस्था हेर्दा यहाँको सरकारप्रति प्रश्न गर्न मन लाग्यो’, उनले भनिन्, ‘सरकार यहाँको दैलोमा रहेको पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय क्षेत्र काक्रेविहारको सडक स्तरोन्नति गर्न बजेट पुगेन कि रु ।’
कन्चनपुर हुँदा किताबमा पढन हेर्न पाउथ्यौँ । अहिले प्रत्यक्ष अवलोकन गर्न पाउँदा आफुहरूको मनमा नयाँ उत्साह पलाएको कन्चनपुरकी दुर्गा बडुवालको भनाइ छ । किताबमा पढ्न पाउँदा र काक्रेविहारकबारेमा सुन्दा अचम्म लाग्ने गर्थ्यो’, उनले भनिन्, ‘यहाँ पुगेर प्रत्यक्ष देख्दा धेरै कुराहरू थाहा पाउने अवसर मिल्यो ।’
प्रदेशको मुटुमा रहेको महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा परिचित हुँदा पनि यहाँ पर्याप्त रूपमा पूर्वाधारको अभाव छ । मंगलगढी चोकदेखि काक्रेविहार पुग्दासम्म बाटोको समस्या छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा काक्रेविहार पुग्ने पर्यटक र स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । तर, पनि सरकारले बाटोको स्तरोन्तीमा चासो दिएको पाइँदैन । काक्रेविहार पुग्ने जम्मै पर्यटकहरू सास्ती खेप्दै काक्रेविहार पुग्ने गर्छन् । प्रदेशकै महत्वपुर्ण पर्यटकीय स्थल भए पनि सरकारले गम्भीर रूपमा चासो नदिएको त्यहाँ पुग्ने पर्यटकहरू बताउँछन् ।
पर्यटकहरु मनोरञ्जनका लागि आउने हो तर, उल्टै धुलाम्मे सडकमा सेताम्मे भएर फर्किनु परेको कन्चनपुरकी जेनिशा शाही बताउँछिन्, ुकाक्रेविहार प्रदेशको दैलोमै रहे छ । तर, काक्रेविहारमा पर्यटकका लागि पर्याप्त रूपमा पूर्वाधार नहुँदा नमजा लागेको छ । पर्यटक मनोरञ्जनका लागि आउँछन् सेताम्मे धुलो खानलाई होइन । यो कुरा प्रदेश सरकारले बुझन जरूरी छ । प्रदेशको दैलोमा यस्तो महत्वपुर्ण पर्यटकीय स्थल जाने बाटोको यस्तो दूर्गति हुनु र पर्याप्त रूपमा पुर्वाधार नहुनु लाजमर्दो कुरा हो ।’
काक्रेविहार प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्राउन काक्रेविहार भित्र पिउने पानी,केटाकेटीका लागि भुलिने ठाउँ लगायतका विभिन्न आर्कषक कुराहरू थप्नुपर्ने वीरेन्द्रनगर-९ का स्थनीय गोकुल शाही बताउँछन् ।
काक्रेविहार सडक निर्माणका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार मंगलगढीदेखि लाटिकोहिलीसम्म १६ करोडको टेन्डर भएर सम्झौताको क्रममा रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।
काक्रेविहार सडक निर्माणका लागि आशिस हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र १३ करोडमा सम्झौता हुन सक्ने इन्जिनियर सूर्यबहादुर शाहीले बताए । उनका अनुसार आशिष हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र नालासहितको २२ सय मिटर सडक कालोपत्रे गर्नुपर्ने छु, शाहीले भने, ‘सडक निर्माणका लागि ठेक्का पाएको आशिष हाम्रो जेभी सुर्खेतसँग सम्झौताको लागि छलफल भइरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार