रन फर प्रोटिन हाफ म्याराथन पुस पहिलो साता
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १९:५२:७
५ मंसिर, काठमाडौं । पुस पहिलो साता ‘रन फर प्रोटिन हाफ म्याराथन’ आयोजन हुने भएको छ । आयोजक नेपाल भेटनरी एसोसिएनले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै ३ पुस ‘शनिबार’ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्याराथन हुने जानकारी गराएको हो ।
प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि ‘पुरुष’ र ३ किमि ‘महिला’ र फरक क्षमता भएकाहरूको लागि व्ह्विलचियर गरि ६ बिधा समावेश गरेको नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए ।
म्याराथन पुरुष र महिला दुवै बिधामा हुनेछ । यस्तै, १० किलोमिटर खुला, ५ किलोमिटर खुला, ५ किलोमिटर पुरुष’१२ कक्षासम्म’, ३ किलोमिटर महिला ९१२ कक्षासम्म० र व्ह्विलचियर दौड हुनेछ ।
हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान एक लाख रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौँ हुनेले ३० हजार रुपैयाँ हात पार्ने छन् । १० किलोमिटरका विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ हात पार्ने छन् ।
५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने छन् ।
व्ह्विलचियर विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ । म्याराथनमा करिब २ हजारको सहभागी हुने अनुमान गरेको एसोसिएनका अध्यक्ष डाक्टर श्रेष्ठले जानकारी गराए ।
म्याराथन दशरथ रंगशालाबाट सुरू भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे ‘भाटभटेनी स्टोर’ हुँदै सोही रुट फिर्ता भई दशरथ रंगशालामा आएर टुंगिनेछ ।
यस प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपछी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघलगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौडलाई नेपाल एथलेटिक्स एसोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार