तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार २०:२०:२२
५ मंसिर, खलङ्गा । जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए ।
समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उनले भने, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान एक नमूना कार्यकारुपमा अघि बढेको छ, हालसम्म गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भइसकेका छन् ।” बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रम जारी रहेको उनले बताए ।
सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ । स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताए ।
सो गाउँपालिकाले सन् २०२१ सम्म पूरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाई सक्ने रणनीति तयार पारेअनुसार सहयोग गरेकोे छ । छाउगोठ मुक्त बस्ती घोषणा गर्न महिनामा दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरिएको छ । प्रत्येक तीन महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिलामा परिवर्तन आएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए।
वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणाको तयारी गरिएको हो । सरकारले छाउपडीउन्मूलन निर्देशिका ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । निर्देशिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्धारण गरेको छ । यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन । तिला–४ का स्थानीयवासी सिर्जना शाहीले भने, “हाम्रो समाजमा छाउपडी प्रथाले हिंसा बढाइरहेको छ, महिला हिंसाको एक प्रमुख कारण छाउपडी प्रथा हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार