सचेतनासँगै अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार २०:५१:५८
५ मंसिर, डडेल्धुरा । डडेल्धुरामा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढ्दै गएको छ। परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहे पनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।
स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाभर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै गएका छन् । जिल्लामा एक सय दम्पतीमध्ये ३६ दम्पतीले परिवार नियोजनको साधन प्रयोग गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए । उनका अनुसार विगतका वर्षका तुलनामा दुई प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढेको हो ।
तर, परिवार नियोजनको अस्थायी साधन प्रयोग गरीरहेकाहरूले निरन्तर रुपमा नगर्ने समस्या देखिएको छ। ‘महिलाको आर्कषण बढी जसो पिल्स चक्की सेवन, डिपो तथा लामो जन्मान्तरको पाँच बर्षे साधनतर्फ बढ्दै गएको छ। असुरक्षित गर्भबाट बच्न सहयोग तथा सन्तानको रहर पुगिसकेकाले परिवार नियोजका साधन प्रयोग गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।
जिल्लामा स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या ७० देखि ८० को हाराहारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार