कुशासनको मारबाट नागरिकले मुक्ति पाउने कहिले ?
नेपालबहस संवाददाता
मंसिर ७, २०७८ मंगलबार १८:४९:४६
अत्याधुनिक समयमा सरकारी कार्यालय कस्तो हुनुपर्छ ? अस्पताल, सभाहल वा कुनै सार्वजनिक स्थान कस्तो हुनुपर्छ ? सरकारी कार्यालय व्यवस्थित, अत्याधुनिक सुविधासम्पन्न, सेवाग्राही आफूलाई आवश्यक परेको सेवा तत्कालै पाउने अवस्था हुनुपर्छ । केपी ओलीले सत्ता सम्हालेका बेला सरकारी कार्यालय सबै डिजिटल सिस्टममा लैजाने भनेर तामझामका साथ सुरु गरेको बताएका थिए ।
उनकै कार्यकालमा देशभरका सरकारी कार्यालयमा डिजिल सिस्टमको त के कुरा सामान्य सुधार पनि भएन । उही पुरानै लथालिंगपना हटेन । केन्द्रदेखि स्थानीय तहसम्मका कार्यालयहरुको अवस्था उस्तै छ । सेवाग्राहीहरुले सेवा पाउने कुरा त उस्तै झन्झटिलो छँदैछ, सरकारी कार्यालयमा खानेपानी र शौचालय पनि पाउन सक्ने अवस्था छैन ।
सुशासन सबैभन्दा पहिले सेवाग्राहीले पाउने सुविधा, समयको ख्याल कति गरिन्छ, सेवा गुणस्तरीय छ कि छैन ? सेवाग्राहीको विवरण एउटा हुने कर्मचारीले अर्कै भरिदिने, फेरि आउँदा ठूलो झन्झट व्यहोर्नुपर्ने अवस्था सिर्जना गरिरदने जस्ता कुरालाई विशेष रुपमा हेरिन्छ । समय, गुणस्तर, सही विवरणजस्ता कुराहरुको बेवास्ता गरेर जथाभावी गर्ने सरकारी कार्यालयमा भ्रष्टाचार मौलाउँछ । नेपालमा सर्वसाधारणलाई दुःख दिने र गैरकानुनी रुपमा अतिरिक्त पैसा लिने यस्तै कार्यालयमा हो ।
सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालय हुन् मालपोत र नापी । यी दुवै कार्यालयमा पहिलेदेखि नै सेवाग्राहीको सही सही विवरण भरिएको हुँदैन र आजभोलि पनि सकेसम्म विवरण भर्दा गल्ती गरिदिइन्छ जसले गर्दा सेवाग्राहीलाई दुःख दिने, झुलाउने, अतिरिक्त पैसा नदिएसम्म कामै नगरिदिने गरिँदै आएको छ । पछिल्लो समय कतिपय मालपोत कार्यालय डिजिटल प्रणालीमा गएका छन् । यस्तो प्रणालीमा गए पनि जनताको छिटोछरितो हुनुपर्नेमा उही पहिलेकै जस्तै छ ।
पहिलेदेखि नै गलत विरण भर्ने, एउटालाई अर्कै बनाइदिने भएपछि डिजिटल प्रणालीमा गए पनि जनताले पाउने सास्ती उही हो । नापी कार्यालयको पनि अवस्था यही नै हो । पैसा पाए जस्तो काम पनि बन्ने, नपाए जनतालाई झुलाउने अवस्था अहिले पनि हटेको छैन । समयको त ख्याल हुने कुरै भएन । जमिन नागरिकको विशेष स्थायी सम्पत्ति हो, यसको रक्षाका लागि राज्यले कुनै पनि चरबाट जनताले सो सम्पत्ति नगुमाउन् भनेर कडा नियम बनाएको छ तर कर्मचारीहरु यसलाई जसरी हुन्छ छलेर पैसा असुलिरहने गरेका छन् र सो अवैध आय शासन संयन्त्रको माथिल्लो तहसम्मै पुग्ने गरेको छ । यही कारण यसको भूमिसुधार मन्त्रालय सबैको रोजाइमा पर्दै आएको छ ।
यातायात कार्यालयमा आमसेवाग्राहीको ठूलो भीड लाग्ने हुनाले त्यहाँ समयलाई लिएर पैसाको खेल हुने गरेको छ । छिटो काम सकिदिने हो भने पैसा दिने नभए झुलिरहने अवस्था सामान्य बन्न गएको छ । अर्को, महानगरपालिका नगरपालिकाहरुमा नक्सा पास गर्दा, सम्पन्नताको प्रमाणपत्र लिँदा पनि आमसर्वसाधारणले ठूलो झन्झट व्यहोर्नुपर्ने अवस्था छ । यहाँ पनि सर्वसाधारणले अतिरिक्त मोटो पैसा नतिरेसम्म काम बनाउन कठिन छ ।
सुरक्षित र बलियो र आरामदायी घर बनाउन इन्जिनियरले नक्सा बनाउने प्रावधान सरकारले राखेको छ । सर्वसाधारण जनताले भने सो अनुसारको इन्जिनियरको गुणस्तरीय सेवा पाउनुको सट्टा सामान्य प्राविधिकले जथाभावी कोरेको नक्सा पाउने गरेका छन् । इन्जिनियरको त उपभोक्तालाई मिलाएर लगेपछि सिग्नेचर हुने मात्रै हो । यस्तो अवस्थामा भवनको वास्तबिक गुणस्तर तथा मापदण्ड कसरी पूरा हुन्छ ? एउटा पक्ष यस्तो छ अर्को पक्ष घर निर्माण गर्दा थोरै यताउता हुँदा नक्सा पास गर्न कठिन, बनेपछि सम्पन्नताको प्रमाणपत्र लिँदा उही पैसाको चलखेल हुने गरेको छ ।
देश संघीयता गएपछि सिंहदरबार घरदैलामा पुग्छ, जनताले पाइरहेका यस्ता र अन्य अनेकौं दुःख निवारण होलान् भन्ने ठानिएकोमा त्यसो हुन सकेको छैन । जनताले जथाभावी कर बुझाउनुपर्ने भएको छ । सेवाको गुणस्तर र समय उस्तै छ । राजनीतिक दलहरुले लोकतन्त्रको गफ गरिरहे पनि जनताका दुःख जस्ताको त्यस्तै छन् । यस्तो अवस्थामा व्यवस्थित विकासको कल्पना गर्न कठिन छन् ।
यो अवस्थामा कसरी सुधार होला त ? यसको सही सही उत्तर पाउन त कठिन छ तर जनता सचेत भएर आवधिक निर्वाचनमा सही व्यक्ति छानेर शासन संयन्त्रमा पुर्याउने, गलत कामको सामूहिक विरोध गर्ने, जनताका समस्या बारेमा सामूहिक आवाज उठाइरहने हो भने सुधार हुन बाध्य नै हुनेछ । होइन मलाई परेको छैन उसलाई परेर के भो र भनेर बस्ने हो भने जनताका दुःख हट्न मुस्किलै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार