कांग्रेसको चौधौं महाधिवेशन: देउवाको भन्दा रामचन्द्रको छवि उज्वल
कुसुम सेञ्चुरी
मंसिर १६, २०७८ बिहिबार १८:२६:२०
‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।
२०४८ सालको निर्वाचनदेखि २०७० सालसम्म पाँचैवटा चुनाव जितेका चार भाईमा शेरबहादुर देउवा, विजयकुमार गच्छदार, नारायणमान बिजुक्छेसँगै तनहूँबाट निर्वाचित यिनको नाम पनि पर्छ । तर २०७४ को संसदीय निर्वाचनमा यिनले पहिलोपटक पराजयको अनुभव गर्नुपर्यो ।
पहिलो संविधानसभामा प्रधानमन्त्रीका लागि सत्र पटकसम्म चुनाव हारेका कांग्रेसका वरिष्ठ नेता (तत्कालीन पार्टी उपसभापति) रामचन्द्रका लागि सरकारतिर प्रधानमन्त्री र पार्टीतिर सभापतिको पद नजिक भएर पनि टाढा भईरहेको छ । यसपाली पनि उनी पार्टी सभापति बन्न बल गर्दैछन् । उनले आफ्नो पक्षका उच्च नेताहरूको बैठकमा आफूलाई एक वर्षको लागि पार्टी सभापति बन्ने अवसरको याचना गरेकाे बताइन्छ, मानौं कुर्सी दानमा पनि पाइन्छ ।
तर व्यक्तित्वको दृष्टिकोणले भन्नुपर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको भन्दा रामचन्द्रको छवि उज्वल छ, तर नेतृत्वको लागि चाहिने चौडा छाती र ठूलो हृदय नै यिनीसँग हुन सकेन । राजकाजबाट बञ्चित गर्ने कार्य रामायणका रामचन्द्रलाई गरियो, तर कांग्रेसका रामचन्द्रलाई पनि रामायणकै जस्तो सत्ताविमुख नियति परिरहेको छ । हो ‘रामचन्द्रलाई राजकाज’ को संयोग मिल्ने देखिदैछ । तर दुईटा कमजोरीका कारण उनलाई नपत्याएको देखिन्छ । पहिलो कमजोरी यिनी साह्रै संकीर्ण मानसिकताका छन् भन्ने आरोप छ । दोस्रो, यिनी आफ्नो चिन्ता गर्ने बाहेक अरू कसैको परवाह गर्दैनन् भनिन्छ ।
कांग्रेसको चौधौं महाधिवेशनमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निहित चासो रहेको छ । रामचन्द्रले कुनै हालतमा जित्नु हुँदैन वा देउवाले कुनै हालतमा हार्नु हुँदैन भन्नेमा ओलीको स्वार्थ बुझ्न सकिने कुरा हो । रामचन्द्रले एमालेलाई विगतमा धेरै चिढाएका हुन् ।
दैलेख र तनहूँका आमसभामाहरूमा उनले एमालेको बिरूद्ध यसरी आगो ओकले कि त्यति बिरोध एमाओवादीले पनि गरेको थिएन । त्यतिमात्र होइन, काँग्रेसको चुनाबी घोषणापत्र २०७४ मा उनको शक्ति लागेको भए एमालेको उछित्तो काड्ने ब्यहोरा घुसाउन लागेका थिए, केन्द्रीय समितिले रोकेर मात्र । रामचन्द्रले एमालेलाई त्यसप्रकार खोइरो खन्नु अन्य कारण थिएन, आफूलाई प्रधानमन्त्रीको निर्वाचनमा एमालेले मत नदिएको इख साध्नुथियो, त्यति हो ।
नेताहरूले नलिनु भन्दाभन्दै राजाबाट गोरखा दक्षिणबाहु (तक्मा) लिएको, जुद्ध शम्शेरकी नातिनी बिहे नगर भन्दाभन्दै त्यसलाई पनि धोती लगाएर विवादास्पद आरजु राणालाई भित्य्राएको, देशका विभिन्न स्थानमा राजा वीरेन्द्रको नागरिक अभिन्दन गराएको आदि कारणले काँग्रेसभित्र शेरबहादुर देउवालाई ‘शाही काँग्रेस’ भन्ने गरिएको जस्तो रामचन्द्रलाई खोट लगाउने त्यस्ता कमजोरी देखिन्नन् । पञ्चायतकालमै तत्कालीन गृहमन्त्री खड्गबहादुर सिंहबाट मासिक भत्ता लिने देउवा सुवर्ण शमशेरबाट पनि दोहोरो मासिक भत्ता लिने गरेको पृष्ठभूमि लुकेको छैन ।
यिनीप्रतिको एमाले दुराग्रह गत वर्ष, बुधबार १७ मंसिर ०७७ का दिन आफ्नै गृहजिल्ला तनहुँको कार्यक्रमलाई तत्कालीन ओली नेतृत्वको सरकारले सुरक्षा दिन नसक्ने घोषणा गर्यो । कार्यक्रममा प्रमुख अतिथि हुन घरबाट निस्केका रामचन्द्रलाई प्रहरीले गिरफ्तार गर्यो । तनहुँको व्यास न.पा. १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्ने काम विरुद्ध सत्ताको मिलोमतोमा बिथोल्ने षड्यन्त्रको झाँकी थियो त्यो घटना ।
वरिष्ठ नेता पौडेललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर तीन घन्टापछि छाड्यो । झडपमा परी संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, कांग्रेस जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी र ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले घाइते भए । तनहुँ प्रशासन र प्रहरीले शान्तिसुरक्षाको बहानामा सत्तारुढ पार्टीको तावेदारी र चाकरी गर्यो ।
पौडेललाई संस्थापनइतर समुहले अबको राष्ट्रपति वा प्रधानमन्त्री मध्य एक रोज्न आग्रह गरेका छन् । १४ औं महाधिवेशनबाट सभापति डा. शेखर कोइरालालाई बनाउने संस्थापन इतर समुहको रणनीति रहेको छ ।
रामचन्द्र पौडेल लोकतान्त्रिक आन्दोलनको क्रममा करिब १२ वर्ष जेल बसेका, आजीवन संघर्षमा बिताएका वरिष्ठ नेता हुन् । पिताको निधन हुँदा जेलमा भएका, काजक्रिया गर्नमात्र १३ दिनको लागि रिहा गरिएका र काजक्रिया सकिएको लगत्तै जेलमै फर्काईएका प्रजातन्त्र सेनानी पौडेललाई एकपटक त छोरीको निधन भएकै दिन जेल चलान गरिएको जस्ता अनेकौं दर्दनाक भोगाई र ईतिहास बोकेका व्यक्तित्वका रुपमा चिनिन्छ ।
दुःख र संघर्षको हिसाबले रामचन्द्र शेरबहादुरभन्दा धेरै संघर्ष गरेका नेता हुन् । नेताहरूले नलिनु भन्दाभन्दै राजाबाट गोरखा दक्षिणबाहु (तक्मा) लिएको, जुद्ध शम्शेरकी नातिनी बिहे नगर भन्दाभन्दै त्यसलाई पनि धोती लगाएर विवादास्पद आरजु राणालाई भित्य्राएको, देशका विभिन्न स्थानमा राजा वीरेन्द्रको नागरिक अभिन्दन गराएको आदि कारणले कांग्रेसभित्र शेरबहादुर देउवालाई ‘शाही कांग्रेस’ भन्ने गरिएको जस्तो रामचन्द्रलाई खोट लगाउने त्यस्ता कमजोरी देखिन्नन् । पञ्चायतकालमै तत्कालीन गृहमन्त्री खड्गबहादुर सिंहबाट मासिक भत्ता लिने देउवा सुवर्ण शमशेरबाट पनि दोहोरो मासिक भत्ता लिने गरेको पृष्ठभूमि लुकेको छैन । पैसाका मामिलामा रामचन्द्र आफैंलाई ‘कन्जुस सम्राट’ भन्ने गर्छन् । विदेश गएर फर्किँदा यिनको साथमा दुईचार लाख रुपैयाँ बचिरहेको हुन्छ ।
तै पनि यो हल्लैहल्लाको मुलुकमा पोहोरतिर एउटा हल्ला चल्यो लिखित र मौखिक दुबैमा । प्रचण्ड यसअघि बस्ने गरेको तीन रोपनी जग्गामा निर्मित लाजिम्पाटको आधुनिक ‘लालदरबार’ रामचन्द्रले किन्ने कोशिश गरेका थिए भनेर शिवजी श्रेष्ठ नामका पूर्व डीएसपीले ‘जनआस्था’मा दलिल दिएर एउटा लेख नै लेखेका थिए ।
तनहूँको बाहुन पोखरामा १९९८ सालमा जन्मेका रामचन्द्रका हजुरबा कमलापति पौडेल गाउँका पण्डित थिए भने पिता दुर्गाप्रसाद पौडेल सामान्य ग्रामीण किसान थिए । पञ्चायतकालमा जेल परिरहने यिनी एकपटक पक्राउ भएर जेल चलानी गरेकै दिन एउटी छोरीको देहान्त भएको थियो । जेलमै रहेका बेला पिताको मृत्युृ भएपछि उनलाई काजकिरिया गर्न दिन सो अवधिभरि रिहा गरियो । जेल परिरहने लोग्नेकी पत्नी भएकोले सविता पौडेलले जेठानीहरूको बक्रदृष्टि पनि खप्नुपरेकै थियो । रानीपोखरी पाठशालामा बसेर प्रथमा परीक्षा उत्तीर्ण गरेका यिनले नेपालीमा एम.ए. उत्तीर्ण गरेका छन् ।
काठमाडौँको नयाँ बजारमा डेरा गरी बसेका यिनको कोठामा २०४५ सालसम्म टीभी थिएन । फाटेको लुँगी लगाएर अत्यन्त साधारण अवस्थामा बसेका रामचन्द्रका भाग्य २०४८ सालपछि खुलेको हो । यिनले केही पुस्तक पनि लेखेका छन् । विचारको राजनीतिमा देउवा वा अरुभन्दा यिनी अग्रणी छन्, तर संगठनकलामा सबभन्दा पछाडि पर्ने नेता नै हुन् । यिनको स्वभाव र मिजासले संगठन बन्दैन । यिनको गुटबन्दी पनि छैन । पार्टीलाई यिनले जेजति योगदान पुर्याएका छन्, पार्टीबाट त्यसको भरपूर असुल गरिसकेका छन् ।
रामचन्द्रको अबको राजनीति बोनसको राजनीति हो । पौडेललाई संस्थापनइतर समुहले अबको राष्ट्रपति वा प्रधानमन्त्री मध्य एक रोज्न आग्रह गरेका छन् । १४ औं महाधिवेशनबाट सभापति डा. शेखर कोइरालालाई बनाउने संस्थापन इतर समुहको रणनीति रहेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सर्वोच्चको बोर्डमा कालो रङ्ग छ्यापी विरोध प्रदर्शन [ फोटो फिचर ]
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार