न्यायाधीशलाई घुसखोर बनाउने वकिलको सम्पत्ति छानबिन गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ९, २०७८ बिहिबार २१:६:३६
अनुसा थापा
हरेक मुलुकको आआफ्नो नीति, कानुन हुन्छन् । देशको निश्चित कानुनभित्र रहेर मात्र देश चलेको हुन्छ । कानुन बनाउनका लागि चुनाव र जनप्रतनिधि दुवै आवश्यक पर्छ । नेपालमा फेरि पनि एकचोटि चुनाव नजिकिँदै छ । जनताबाट चुनिएर फेरि पनि नयाँ जनप्रतिनिधि आउनेछन् ।
निर्वाचन आयोगले निश्चित समयावधिमा चुनाव गराउने गर्दछ । २०७२ साल असोज ३ गते नेपालको संविधान बन्यो । आवश्यकतालाई नियाल्दै सरकारले त्यसपछि थुप्रै ऐनकानुन बनायो । सरकारले बनाएको ऐनकानुनहरु कार्यान्वयन गर्न र सही भए नभएको छुट्याउन अदालत र न्यायाधीशको खाँचो पर्छ । सरकारले बनाएका कतिपय ऐनकानुनका विरुद्ध अदालतमा मुद्दा पनि परेका छन् । मुद्दाको फैसला पनि न्यायाधीशहरुले गर्छन् भने वकिलले बहस गर्छन् ।
न्यायालय भनेको जनताको मन्दिरजस्तै हे । न्याय नपाएका, अन्यायमा परेकाहरु न्यायालयको शरणमा न्यायको लागि जान्टन् । केही दिनअघिदेखि नेपाल बार एसोसिएसन आह्वानमा वकिलहरुले सर्वोच्च अदालतमा लगातार धर्ना दिइरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै वकिलहरु एकजुट भएर लागिपरेका छन् । न्यायालयका सबै प्रकारका बहस स्थगन गरेर वकिलहरु सडकमा उत्रिएका छन् ।
वकिलहरु सोचविचार नै नगरी सडकमा उत्रिए । आन्दोलन गर्नेबित्तिकै जनताले साथ दिन्छन् भन्ने आशाका साथ वकिलहरुले न्यायालयलाई रंगशालामा परिणत गरे । देशको गरिमा र न्यायालयमा भएको जनताको विश्वासप्रति बारे यिनीहरुले आँच पुप्याए । बिनाकाम यत्रो दिन आन्दोलन गरेर जनतालाई दुःख दिए । उनीहरुको आन्दोलनले कुनै निष्कर्ष निकाल्ने अवस्था छैन ।
पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले आफ्नो असंवैधानिक रुपमा गरेको संसद् भंगलाई सर्वोच्चको संवैधानिक इजलासले अवैध घोषण गरिदिएपछि विष बमन गरिरहेका छन् । अदालतको फैसलाप्रति उनको लगातारको आक्रोश र वकिलहरुको प्रधानन्यायाधीशविरुद्धको आन्दोलनले शंका उब्जने ठाउँ दिएको छ । ओलीकै सर्मथक वकिलहरुले उनकै गुप्त संरक्षणमा आन्दोलन गरेका त होइनन् भन्ने सबैलाई लाग्न थालेको छ। आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएको रिसले जबरालाई हटाउन ओलीले यो रणनीति बनाएको जस्तो देखिन्छ ।
२०७४ सालको एमाले र माओवादी दाजुभाइ बनेर सहकार्यमा चुनावमा गएका थिए । जनताले बहुमत दिएपछि २०७४ फागुन ३ गते केपी ओली प्रधानमन्त्री बने । केपी ओली सरकार जनताको सोचअनुरुप खडा हुन सकेन् । जनतालाई दिएको आश्वासन पानीमा बिलायो । देश मिलाउन त सकेनन् नै आफ्नै पानेकपालाई एक बनाए। लैजान पनि असफल रहे । उनकै कारण एमाले पनि एक रहन सकेन ।
आफ्नो पार्टीभित्रको झगडा मिलाउन नसकेर ओलीले दुई चोटि सदन विघटन गरेको दृश्य पनि हाम्रैसामू छ । मैले गरेको विघटन ठीक थियो भनेर ओलीले छाती ठोकिरहेका छन् । केपी ओलीले गरेको विघटनलाई जबराको नेतृत्वको संवैधानिक इजलासले व्युँताइदियो । संविधान मास्ने केपी ओलीको दाउ थियो जुन सफल हुन सकेन। त्यही रिस र आवेगमा वकिललाई उठाएर प्रधानन्यायाधीश जबरालाई अदालतबाट हटाउने योजनामा वकिलहरुले आन्दोलनबाट साथ दिएको देखिन्छ ।
वकिलको आन्दोलनबाट प्रधानान्याधीश जबरा पदबाट हटे भने ओलीले त्यसलाई भजाएर जनतामा जाने दाउमा देखिन्छन् । ल हेर मलाई प्रधानमन्त्रीबाट फाल्ने न्यायाधीश कति सही रहेछन् भन्ने दाउमा देखिन्छन् । आउने चुनावमा उनले यसलाई नै उठान गर्नेछन् र जनतासंग मत मागेर बहुमत ल्याउन प्रयास गर्नेछन् । केपी ओलीको निर्देशनमा वकिलहरुले आन्दोलन गरेको कुरा जनताले पनि बुझ्नपर्छ ।
आन्दोलन सफल नभएपछि वकिलहरु राजनितिक दलको ढोका ढग्ढग्याउन पुगेका छन् । सभामुखको कार्यालयमा समेत वकिलहरु पुगेको देखियो । आखिर जनताको साथबिना केही चल्दैन भन्ने देखियो । २०७४ सालमा केपी ओलीलाई प्रधानमन्त्री बनाएर जनताले के पाए ? बाटामा मागेर खानेको संख्या २० बाट १९ मा झरेको छैन । महँगीले उनकै पालादेखि नै आकाश छुन लागेको हो । खाली खुट्टा हिँड्नेहरुले अहिले पनि चप्पल लाउन पाएका छैनन् । अनि कहाँ भयो परिवर्तन ?
प्रधानन्यायाधीश जबरालाई घुसखोरियाको आरोपसहित वकिलहरु प्रदर्शनमा आएका छन् । जबरा भ्रष्ट्राचारी राजीनामा दे भनेर उनीहरुले आन्दोलनलाई निरन्तर दिएका छन् । प्रधानन्यायाधीश आफैले त अवश्य पनि घूस मागेनन् होला । घूसको प्रलोभन दिने प्रबन्ध मिलाउने त वकिल नै पहिलो नम्बरमा गनिन्छन् । आश मरिसकेको हार्ने मुद्दालाई जिताइदिन्छु भनेर पीडित पक्षसँग मोटो पैसा लिएर आफ्नो धोक्रो भर्ने यिनै आन्दोलनरत वकिल होइनन् र ? सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर पैसा खाने वकिलहरु नै होइनन् र ? वकिलको सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले छानबिन गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार