सर्वाङ्गीण विकास अध्ययन केन्द्रद्वारा राष्ट्र निर्माण र विकासको लागि ‘आईआईडीएस फेलोसिप कार्यक्रम’काे सुरुवात
नेपालबहस संवाददाता
मंसिर १०, २०७८ शुक्रबार १६:४२:३३
१० मंसिर, काठमाडौं । सर्वाङ्गीण विकास अध्ययन केन्द्र ‘आईआईडीएस’को परिसरमा ९ मंसिर, २०७८ गते औपचारिक रूपमा ‘आईआईडीएस फेलोसिप कार्यक्रम’ सुरुवात गरी ४३ औं वार्षिकोत्सव मनाएको छ।
कार्यक्रमको अवसरमा ‘आईआईडीएस’ त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन् पब्लिक पलिसी) कार्यक्रम सुरु गर्न ‘आईआईडीएस’ र काठमाडौं विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गरे ।
यी विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष यो अवसर प्रदान गरिने छ। पहिलो चरणको कार्यक्रम,सन् २०२२ मा हुने स्थानीय निर्वाचन पछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याईने छ ।
पहिलो चरण अन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोश्रो चरणमा सरकारले यो कार्यक्रमलाई संथागत गर्ने बिश्वास लिइएको छ । सोही अवसरमा ‘आईआईडीएस’ र सांग्रिला डेभलपमेन्ट बैंक तथा ‘आईआईडीएस’ र प्रभु क्यापिटल लिमिटेड बीच सो कार्यक्रमको लागि आर्थिक श्रोत जुटाउने सम्बन्धि छुट्टा छुट्टै समझौता पत्रमा हस्ताक्षर भएको छ ।
‘आईआईडीएस’ले यस कार्यक्रमका लागि नेपाल धितो पत्र बोर्डमा सुचिकृत विभिन्न पब्लिक लिमिटेड कम्पनि र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औधोगिक तथा व्यवसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको छ।
मण्डिखाटार, काठमाडौँमा अवस्थित ‘आईआईडीएस’ एक स्वतन्त्र, गैर(सरकारी र गैर(नाफामुलक सोध मुलक ९थिङ्क ट्याङ्क० संस्था हो। विगत ४३ वर्ष देखि ‘आईआईडीएस’ ले दिगो विकासका निमित्त आवश्यक पर्ने नीति निर्माणको लागि प्रमाण तथा तथ्यमा आधारित अध्ययन, अनुसन्धान तथा सोध गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार