मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य
नेपालबहस संवाददाता
मंसिर १०, २०७८ शुक्रबार १८:४९:१०
१० मंसिर, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको हो ।
मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन् । यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन् ।
टस जितेर फिल्डिङ गरेको नेपालको लागि सब्नाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन् ।
यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर र सीता राना मगरले समान १–१ विकेट लिए । शुक्रबार नेपाल मलेसियालाई हराउँदै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ ।
मलेसियालाई जितेको अवस्थामा नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ । तीन खेलमा दुई जितसहित चार अंक बनाएको नेपाल दोस्रो स्थानमा छ ।
तीन खेलमा शत प्रतिशत जित निकालको यूएई ६ अंकसहित शीर्षस्थानमा छ । तालिकामा शीर्षस्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको शीर्ष दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी
मंसिर २८, २०८१ शुक्रबार
क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडौंमा
मंसिर २८, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
हुस्सुले ढाकिएको चौरजहारी उपत्यका
मंसिर २८, २०८१ शुक्रबार