मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा
नेपालबहस संवाददाता
मंसिर १०, २०७८ शुक्रबार २०:२८:१४
१० मंसिर, काठमाडौं । मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवरले १० रनको योगदान दिए । मलेशियाकी आइस्या इलिसाले एक विकेट हात पारिन् ।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो ।
मलेसियाका लागि एल्सा हन्टरले ३९ रन बनाएकी थिइन् । त्यस्तै मस ऐल्साले १४ र युसरिना याकुुपले १२ रन जोडेकी थिइन् । नेपालकी सवनम राईले दुई तथा कप्तान रुविना क्षेत्री, सीता राना मगर र कविता कुन्वार समान एक विकेट लिएका थिए ।
जितसँगै नेपाल ४ खेलबाट ६ अंक भएको छ । ३ खेलबाट समान ६ अंक भएपनि यूएई नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष १ ले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार