एमाले महाधिवेशनः दलाल पुँजीवादमा उभिएर समाजवादको हुँकार
भेषराज पोखरेल
मंसिर १०, २०७८ शनिबार ३:४०:३३
आफ्नै कारणले सत्ताबाट झरेर प्रतिपक्षमा पुगेको नेकपा एमालेले दसौं महाधिवेशन भव्यताका साथ चितवनमा गर्दै छ । एमालेको यो अधिवेशनले अध्यक्षसहित अन्य पदाधिकारीको चयन गर्नेछ । नेकपा बनाउने र भत्काउने दुवै खेलमा अग्रणी भूमिका खेलेका केपी ओली यो अधिवेशनका केन्द्रविन्दुमा छन् । आगामी कार्यकालका लागि उनी अध्यक्ष पदमा दोहोरिने छन् । तलदेखि नै सर्वसम्मतिमा प्रतिनिधिहरु छानिएर आएकाले यो महाधिवेशन ओलीको घेराभन्दा पर जाने छैन । उनको घेरमा पर्ने नेताहरु गदगद छन् भने त्यसमा नपर्नेहरु बिलखबन्दमा छन् ।
केपी शर्मा ओलीले एमालेलाई पहिलेको भन्दा सशक्त बनाउने र अपार जनमत बटुलेर आगामी तीनै तहका निर्वाचन जितेर सिंहदरबार छिर्ने घोषणा गरेका छन् । अन्य पार्टीहरु तथा जनतालाई त्यसैको झल्को देखाए जस्तै गरी कार्यकर्ताको ठूलो भीड नारायणी किनारमा उतारे । एमालेको महाधिवेशनमा केपी ओलीको घेरा बाहिरका कसैले पनि केन्द्रीय सदस्यमा प्रवेश पाउने छैनन् । महाधिवेशनपछि एमाले हिँड्ने मात्रै होइन छलांग मार्ने सचिव योगेश भट्टराईले पत्रकारसामू बिहीबार बताए । उनले एमाले जनताको बहुदलीय जनवाद अँगाल्दै समाजवादमा कुद्ने पनि बताए । केपी ओलीले एमालेले बहुमतका साथ चुनाव जित्ने र देशलाई समाजवादमा लैजाने त पहिलेदेखि नै बताउँदै आएकै हुन् ।
एमालेको महाधिवेशनको तामझाम, उसको खर्च, नेताहरुको अवस्था र आमकार्यकर्ताको अवस्थालाई हेर्दा दलाल पुँजीवादको जगमा समाजवादको हुँकार हुने स्पष्ट हुन्छ । एमालेको महाधिवेशनको खर्च ६ देखि ७ करोड रुपैयाँ आउने बताइएको छ । तामझामलाई हेर्दा अझ बढी पनि आउन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । यो पैसा कहाँबाट आउला ? एमालेले जनाएअनुसार केही लाख रुपैयाँ अनलाइन आह्वानबाट कार्यकर्ता तथा शुभचिन्तकबाट उठाइयो ।
केही हिस्सा सदस्यता शुल्क कार्यकर्ता तथा नेताबाट उठ्ला तर महाधिवेशनको अधिकांश खर्च त पुँजीपतिबाटै उठाउने हो नि । अधिकांश पार्टीलाई सहयोग गर्ने पुँजीपति दलाल नै भएको पाइएको छ । सहयोग गरेबापत ठूलो ठेक्का हात पार्ने, विशेष योजना हात पार्ने, कमिसन लिएर विदेशी योजना भित्राउनेहरु नै हुन् । केपी शर्मा ओलीको सरकार हुँदा औषधिमा ठूलो रकम कमिसन खाने, कौडीको भाउमा मत्वपूर्ण सरकारी जग्गा भाडामा लिने, जग्गा दलाली गरेर ठूलो रकम कमाउने अति सल्बलाएको त कसैबाट छिपेन । मेडिकल व्यवसायीको गिरोहदेखि शिक्षा व्यवसायीसम्मले समाजवाद शब्दलाई धोती लगाइदिएकै हुन् ।
एमाले महाधिवेशनका लागि खर्च जुटाइदिने यिनै समूह त हुन् । यो जग दलाल पुँजीवादको होइन भनेर कुन ,विश्लेषकले भन्ला ? जनताले त भोगिरहेकै छन् । शिक्षा, स्वास्थ्यमा चरम अराजकता हुनु, सर्वसाधारणको पहुँचबाट बाहिर जानु समाजवादको सुरुवात होइन, व्यंग्य हो । एमालेले पहिले सकेन किनकि माधव नेपालहरु थिए, अब उनीहरुलाई पाखा लगाइयो तसर्थ अब समाजवाद निश्चित छ भनेको हुनुपर्छ । नेताहरुको बोली सुन्दा त्यस्तै लाग्छ । कही क्षणलाई त्यसैलाई मानेर अरु नेताको कार्यकुशलता, बौद्धिक क्षमतालाई हेरौं । माओवादीबाट ओली समूहमा आएका बादलदेखि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहले समाजवादको बाटो तय गर्लान् ? ओलीलाई बलियो त अवश्य बनाउलान् तर समाजवाद उनीहरुको काम र सोचबाहिरको कुरा हो । १० बुँदे सहमतिबाट ओली पक्षमा आएका नेताको हैसियत समाजादमा जाने स्तरको कहिल्यै छैन, अब कसरी होला र ? घनश्याम भुसालको सिद्धान्तले पनि दलाल पुँजीवादलाई चिर्न सक्ने छैन । उनकै राजनीतिक अस्तित्व रहने हो कि होइन ? अनिश्चित छ ।
अहिलेको महाधिवेशनका केन्द्रमा रहेका केपी ओलीको घेरामा रहेका ईश्वर, शंकर पोखरेलहरु, पृथ्वी गुरुंग, शेरधन, अष्टलक्ष्मीजस्ता नेततहरुको गन्तव्य दलाल पुँजीवाद नै हो समाजवादमा जाने सोच र कार्यव्यवहारले कहिल्यै भ्याएन न अब झन् भ्याउने कुरै छैन । यीबाहेक कम्युनिष्ट बौद्धिक कुनचाहिँ होला र दलला पुँजीवादको जालो चिरेर समाजवादको सोच राख्ने ?
कार्यदिशा बनाउने र देशलाई समाजवादमा डोर्याउने ? पर्दापछाडिबाट फुत्त निस्कने त होइन होला ? दस्तावेजमा लेख्न त अहिले दुःख छैन जे पनि गुगलमा खोजे पाइन्छ । तसर्थ अहिलेको एमालेको महाधिवेशनले बाटो कोर्ने भनेको दलाल पुँजीवाद नै हो । महाधिवेशनमा आएका आम कार्यकता सडमा खाना बनाएर खाँदै छन्, नेताहरु होटलको अटाली रमाउँदै गरेका दृश्य रोचक लाग्दा छन् होइन र ?
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार