कांग्रेस महाधिवेशन : वर्तमान नेतृत्वको निरन्तरता कि नेतृत्वमा परिवर्तन ?
यज्ञप्रसाद भट्टराई
मंसिर ११, २०७८ शनिबार २१:१४:५३
नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनको अन्तिम चरणका अधिवेशनहरु समेत धमाधम सम्पन्न हुदै गैरहेका छन् । नेपाली जनताले अत्यन्तै ब्यग्रताका साथ हेरिरहको नेपाली कांग्रेसको यो महाधिवेशन नेपाली कांग्रेसमा मात्रै सिमित रहेको देखिदैन । यसले सिंगो युवाशक्तिको भोलिको भविष्य निर्धारण गर्दैछ । महिला, दलित, अल्पसंख्यम, आदिबासी जनजातिहरुको साथै मुस्लिम र पिछडाबर्गहरुको समेत उत्तिकै महत्वको र अवसरको महाधिवेशनको रुपमा समेत हेरिएको छ ।
नेपाली कांग्रेसमा पुस्ता हस्तान्तरणको मुद्धा समेत अहिले जोडतोडका साथ उठिरहेको छ । यसका अलावा नेतृत्वमा परिवर्तनको मुद्धाले समेत उत्तिकै चर्चा बटुलिरहेको देखिन्छ । बर्तमान नेतृत्व वास्तवमै अत्यन्तै बदनाम र भ्रष्ट भएका कारण अहिलेका युवापुस्तामा वर्तमान नेतृत्व प्रति क्लेश पनि विश्वास र भरोषा नरहेको विभिन्न सभासम्मेलनहरुमा ब्यक्त युवाहरुका विचार र सामाजिक सञ्जालमा देखिएका युवाहरुका आक्रोसात्मक टिप्पणीहरुले देखाईरहेको छ ।
देशको भविष्य गाँसिएको युवाशक्ति र आधा आकाश ओगटेको महिला शक्तिका विरुद्धमा जाने कुनै पनि राजनैतिक दलको भविष्य धेरै लामो हुन नसक्ने उदाहरणहरु हामी कहाँ पनि नदेखिएका होईनन् । वर्तमान नेपाली कांग्रेसको अवस्था हेर्दा केबल आफु र आफ्ना आसेपासेहरुका लागि मात्रै नेतृत्वको दुरुपयोग गर्ने कुचेष्ठाका कारण नेतृत्व निरन्तर बदनाम बन्दै गैरहेको तर्फ नेपाली युवाहरु अत्यन्तै आक्रोसित समेत देखिन्छन् ।
नेपाली कांग्रेसभित्र अहिले पनि एउटा खेमा जिवित छ जो निष्ठा र आदर्षको राजनीति गर्न चाहान्छ । ब्यक्तिगत लाभभन्दा बढी त्यागको राजनीति गर्नेहरुको उक्त खेमा अहिले भने काङ्ग्रेस राजनीतिमा बहिस्करणमा परिरहेको देखिन्छ । केवल पदमा पुग्नकै लागि र पार्टीभित्र आप्mनो उपस्थिति जनाउनकै लागि भए पनि घरवार बेचेर कांग्रेसको राजनीतिमा उदाएका नवधनाढ्यहरुको जमातले यस्ता आदर्शवान र निष्ठावान नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउदै गरेको अवस्थाछ ।
बिना कुनै पनि राजनैतिक संस्कार र बिना कुनै राजनैतिक प्रशिक्षण एकैचोटी नेतृत्वमा पुगेका या पुग्न आतुर रहेका युवाहरुको अर्को ठुलो समुहले पनि नेपाली कांग्रेसको नेतृत्व तहलाई चुनौति दिईरहेको छ । भोलिको भविष्य भनेर चिनिएका युवा नेतृत्वलाई नेपाली कांग्रेस के हो ? र नेपाली कांग्रेस कस्का लागि कसरी राजनीति गर्छ ? भन्ने यावत विषयमा पार्टी भित्र सांगठनिक प्रशिक्षण दिने र सक्षम नेतृत्व उत्पादन गर्ने तर्फ नेपाली कांग्रेसले वर्तमान नेतृत्वले अहिलेसम्म कहि कतै पनि ध्यान दिन सकेको देखिदैन ।
पार्टी भनेको विधानले चल्ने राजनीतिक संगठन हो । जुनसुकै संगठनमा पनि जति वढी सदस्य हुन्छन् संगठन त्यत्तिकै बलियो र शक्तिशाली हुन्छ । तर केवल भोटबैकका लागि नेतृत्वले भेला गरेका भिडहरु र आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गराउन राजनीतिक दलको आश्रय लिएका मनमा कुविचार र ब्यक्तिगत स्वार्थ लिएका दोहोरो चरित्र भएका ब्यक्तिहरु दुवै राजनीतिक दलका लागि खतरा बन्न सक्ने कुरा तर्फ पनि वर्तमानका राजनीतिक दलहरुको ध्यान जान सकेको देखिदैन ।
नेपाली कांग्रेस अहिले आफ्नो १४ धौं महाधिवेशनको तैयारीको लगभग अन्तिम चरणमा पुगेको छ । जिल्ला अधिवेशनहरु समेत सम्पन्न भैसकेको वर्तमान अवस्थामा अब प्रदेश अधिवेशनको एउटा खुटकिलो पार गरे पछि केन्द्रीय महाधिवेशन मात्रै बाँकी रहने अवस्थामा आईपुग्ने छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन सम्पन्न भएसँगै को र कस्को पल्ला भारी ? भन्ने जोडघटाउ शुरु हुन थालिसकेको छ । वर्तमान नेतृत्वको निरन्तरता कि नेतृत्वमा परिवर्तन रु भन्ने मुद्दा अहिले कांग्रेसभित्र उठिरहेको बहसको विषय बनेको छ ।
समग्रमा नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजिरहेको छ । युवाहरुले समेत कांग्रेसको नेतृत्वमा आउन खोजिरहेको छ । यस्तो अवस्थामा अब पुरानो नेतृत्वले तगारो बन्नु उचित हुदैन । ३० वर्ष नेतृत्व गर्दा आफुले गरेका कामहरुको विवरण सहित अब आफ्नो कार्यकालमा गर्न नसकेका कामहरु पुरा गराउने अभिभारा नयाँ आउने नेतृत्वलाई सुम्पदै बिश्राम लिनु पर्छ । अहिलेको अवस्था २०४६ र २०५६ भन्दा फरक छ भन्ने कुरा बुझ्न ढिलो गरे अहिले सम्मानित रुपमा रहेका काङ्ग्रेसका नेतृत्वगणहरु मतदानको लोकतान्त्रिक अभ्यासवाट पराजित हुनेछन् । त्यसबेलाको अवस्थाको परिणाम स्विकार्न समेत नेतृत्व तहलाई हम्मेहम्मे पर्ने देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार