हिमालयन अन्तर्राष्ट्रिय अवार्डका लागि आवेदन आव्हान
नेपालबहस संवाददाता
मंसिर ११, २०७८ आइतबार १:५२:१३
११ मंसिर, काठमाडौं । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवेदन आव्हान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो ।
आगामी माघको दोस्रो साता एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही मंसिर १० गतेवाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताए ।
अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बाल गीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश शुवेदीका अनुसार अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिने छ ।
अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म ‘एक वर्ष भित्रमा’ बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निवन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिने छ ।
यस्तै यही अंग्रेजी वर्ष भित्रमा बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिने आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले वताउनुभयो । गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागि निर्धारण गरिएको उहाँले जानकारी गराउनुभयो । ‘अवार्ड समारोहमा साहित्यक कृतिसँगै राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने छन्’, उहाँले भन्नुभयो ।
अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ । गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार