एमाले महाधिवेशन : बकसमा पद पाउन युवा नेताहरुको लस्कर
![भेषराज पोखरेल](
https://nepalbahas.prixacdn.net/media/albums/Bheshraj_Pokhrel_PTlWJzLT9K.jpg
)
भेषराज पोखरेल
मंसिर १२, २०७८ आइतबार २१:२९:८
![](https://nepalbahas.prixacdn.net/media/albums/uml-10_nV4LfEfK1A.jpg)
एमालेको चितवन महाधिवेशनले युवा नेताहरुलाई गिज्याएको छ । जसले आफ्नो युवा जोस र ऊर्जा लोकतन्त्रका लागि समर्पित गरियो, लडियो भन्दै आए उनीहरुलाई अवश्य गिज्याएको हुनुपर्छ । नेकपा विभाजनपछि जसले केपी ओलीलाई राजनेता भने, विकासका प्रणेता भने, लोकतन्त्रको रक्षक भने अहिले एमालेको दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्र उनै ओलीको तजबिजीतन्त्रलाई जिम्मा लगाएर विचार शून्य बन्नु त स्वाभाविकै हो समीक्षात्मक चेत राख्ने नेताहरुलाई पनि खट्पटी नहुनु आश्चयलाग्दो छ ।
युवा नेताहरुले केही पनि सोच्नुपर्दैन, केपी ओली नै लोकतन्त्र हुन्, उनले नै लोकतन्त्र बचाउँछन् भनेर उनैलाई सुम्पिँदा हर्षले गदगद भएको पो देखिएको छ । अझ जनताको बहुदलीय जनवाद आफ्नो मानेर एमाले बनेकाहरुले जबज अभ्यसमा, कार्यान्वयनमा होइन पूजा गरेर राख्ने अवस्थामा पुर्याएका छन् ।
केपी ओलीले नेकपा विभाजनपछि नै अब एमालेलाई फलाम जस्तै गठिलो, एक ढिक्का र गुटरहित पार्टी बनाउन चाहेको बताउँदै आए । त्यसै अनुसार उनले तल्लो तहदेखि नै सबै पदलाई प्रतिस्पर्धालाई तजबिजी र बकसमा परिणत गरिदिए । सबै तहमा सर्वसहमति भन्दै मनोनीत गराए । महाधिवेशन प्रतिनिधि पनि मनोनीतै भए । त्यसरी आएका नेता, कार्यकर्ताले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य बनाउने जिम्मा केपी ओलीलाई नसुम्पने कुरै भएन, सहर्ष सुम्पे ।
यसको मुख्य भूमिका ओलीलाई राजनेता मान्ने र ओलीका विरुद्ध जाने राष्ट्र्घाती भन्नेहरु हुने नै भए । उनीहरुलाई प्रतिस्पर्धा नगरी, कुनै दुःख नगरी माथिल्लो दर्जा बकसमा पाउने भएपछि पार्टी विभाजनकारी चुनाव मनपर्ने कुरै भएन । लोकतन्त्र, जबज सबै ओलीलाई सुम्पनुको कारण यही हो । अरु सबै बोल्नुको कुनै अर्थ रहेन । बोल्ने भीम रावल र घनश्यामहरुको राजनीतिक भविष्य जहिले पनि खतरामै रहनेछ ।
कुनचाहिँ लोकतन्त्र हो ? जनजीविकाको सबाल के हो ? शिक्षा, स्वास्थ्य कस्तो हुने ? मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादको अर्थ के हो ? भन्ने कुरा केही नबुझ्ने र सबैको छायाँ ओलीमै देख्नेहरुले गर्ने नै यही हो । भीम रावल र घनश्याम भुसालले आफ्नो उम्मेदवारीका विषयमा प्रचार गर्न खोज्दा ठूला नेता, बौद्धिक युवा मानिनेहरुले लोकतन्त्रका नाममा पार्टी विभाजन गर्न पाइन्न भनेर पाखुरा सुर्केको दृश्यले एमालेले बनाएको नीतिलाई गिज्याइरहेको छ ।
केही दिनअघि गोदावरीमा बनेको पार्टीको विधान चितवनमा लगेर सहादत गर्दा पनि दुईटा नेताबाहेक कसैको पनि मन नदुख्नु, मुटु ढुकढुक नगर्नु अचम्मलाग्दो छ । सबै युवा नेतालाई राष्ट्र् लोकतान्त्रिक विधिबाट अगाडि बढोस् भन्नु भन्दा पनि कल, छल, बाहुबल जसरी भए पनि एमालेले भारी जनमत पाउनुपर्छ र ओली बा सत्तामा पुग्नुपर्छ भन्ने मनोरोगले गाँजेको स्पष्ट हुन्छ । अन्तर्यमा आफ्नो पद छँदै छ । यस्तो अवस्थामा आफ्नो विवेक चल्ने कुरै भएन ।
२०७४ को आमचुनावपछि नेकपा बन्दा आमजनताले विकासमा, जनजीविकामा, समानतामा कम्युनिष्ट करिस्मा अब अवश्य देखिन्छ भन्ने आशा गरे । ओली शक्तिशाली प्रधानमन्त्री हुँदा राम्रै माने । अब हाम्रो जीवनस्तर फेरिएला कि भनेर गदगद भए तर परिणाम निस्कियो शासन सत्ता त दलाल पुँजीपतिको हातमा पो पुग्यो । शक्तिशाली प्रधानमन्त्री अेलीले त अरुले भाग खोजे भनेर जनताले संघर्ष गरेर बनाएको संविधान नै रसातलमा पुर्याउन सकेसम्मको बल लगाए । अहिलेको एमालेको महाधिवेशनमा केपी ओलीले आन्तरिक लोकतन्त्र आफ्नो हातमा लिएर पद बकसमा दिनु कुनै नौलो कुरा भएन । यसले एउटा डरलाग्दो र भयंकर अपसकुन भने देखाएको छ, अबको भविष्यामा राष्ट्र्को लोकतान्त्रिक यात्रा ज्यादै खतरापूर्ण अवस्थामा छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार