एमाले महाधिवेशनले निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार १६:४४:८
१३ मंसिर, नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो
बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको सङ्ख्यामा तीन दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए । “कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग ल्याएको छ”, उनले भने, “अहिले देशभरबाट आएका प्रतिनिधि एवं शुभेच्छुकका कारण तत्काल केही पर्यटकीय गतिविधि बढेको छ । यसले दीर्घकालमा अझै धेरै सकारात्मक प्रभाव पार्ने हामीले विश्वास लिएका छौँ ।”
विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा हेर्नका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आउने गरिन्छ । जङ्गल सफारीमा जाने व्यक्तिले छ वटासम्म एक सिङ्गे गैँडा, चराचुरुङ्गी, बँदेल, तीन प्रजातिका चित्तल, सङ्कटापन्न अवस्थाको घडियाल गोही सहजै देख्न सक्ने उनले बताए । “यहाँको मध्यवर्ती क्षेत्रको सफारीमा जाँदा गैँडासहितका केही जनावर सहजरुपमा देख्न पाइन्छ”, सचिव आचार्यले भने, “कहिलेकाहीँ चितुवा र बाघसमेत देख्ने अवसर मिल्छ ।”
जङ्गल सफारीमा गएका व्यक्ति गैँडासहितका जनावर देख्दा उत्साहित हुने गरेका छन् । पर्वतका एमाले महाधिवेशन प्रतिनिधि हरिहर पोखरेलले जङ्गल सफारी निकै रोमाञ्चित भएको बताए । “जङ्गल सफारी निकै रमाइलो भयो, दुर्लभ जनावर सहजै देख्न पायौँ”, उनले भने, “जङ्गल सफारीमा जाँदा त्यस क्षेत्रमा महत्वपूर्ण रुख ढलेर यसै खेर गइरहेका छन् । जङ्गल सफारीलाई केही व्यवस्थित गर्नुपर्ने देखिएको छ ।” साल सिसौँका रुख सरकारको महत्वपूर्ण सम्पत्ति भएको जनाउँदै नेता पोखरेलले रुखको संरक्षण गर्नुपर्ने बताए।
“जङ्गल सफारीमा जाँदा धेरै रुख ढलेको देखेँ, तिनीहरुलाई व्यवस्थित गर्नु जरुरी छ”, उनले भने, “ढलेका र पुराना रुख हटाउँदै नयाँ बिरुवा रोपेर त्यसको संरक्षण र जगेर्ना गर्दै पर्यटकीय गतिविधि गर्नुपर्ने देखिन्छ ।”
महाधिवेशनका कारण पहिलोपटक चितवन आएको र यहाँको पर्यटकीय गतिविधिमा संलग्न हुन पाएको मोरङका नेत्रप्रसाद दाहालले बताए। “चितवनमा आएर गैँडा हेर्ने धोको पहिल्यैदेखि थियो, यो धोको महाधिवेशनबाट पूरा भयो”, उनले भने, “यहाँ आएर मैले निकुञ्जको मध्यवर्ती वनमा जीप सफारी, हात्ती सफारी गर्ने अवसर पाएँ ।”
देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेका चितवन रहेको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जसहित आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढेका हुन् । महाधिवेशनमा सहभागी हुन आउने व्यक्तिका कारण भरिभराउ भएको सौराहाबाट दैनिकरुपमा जीप सफारी तथा हात्ती सफारीबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रको अवलोकनमा प्रतिनिधि जाने गरेका छन् । सौराहा र आसपासको क्षेत्रमा छुट्टै रौनकता थपिएको छ । सुस्त रहेको पर्यटकीय गतिविधिमा महाधिवेशनले दीर्घकालीन रुपमा प्रभाव पर्नेमा व्यवसायी विश्वस्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार