मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ सोमबार २०:५३:३२
१३ मंसिर, वाग्मती । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका र स्थानीय ग्रामीण तथा दुर्गम क्षेत्रमा २४ देखि ३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ । जिल्लामा एकमात्रा मात्र खोप लगाएका ५१ प्रतिशत र दुई मात्रा खोप लगाएका ५९ प्रतिशत रहेको बताइएको छ । मकवानपुर जिल्लामा अठार वर्षमाथिकाको जनसङ्ख्या तीन लाख चार हजार ६४७ रहेको र ती सबैलाई सो खोप दिने लक्ष्य रहेको सो कार्यालयले जनाएको छ ।
सबै गाउँपालिकामा खोपको व्यवस्था गरिएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । कोरोनाविरुद्धको कार्यक्रमअन्तर्गत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा हेटौँडा अस्पतालसँगको सहकार्यमा नियमितरुपमा कार्यक्रम सञ्चालन भइरहेको र कोरोनाविरुद्धको खोपको विवरण संकलन भई सार्वजनिक पनि हुँदै आएको कार्यालयले जनाएको छ ।
कोरोना नियन्त्रणका साथै कोरोना सङ्क्रमितको सहज उपचारका लागि १७ वटा एम्बुलेन्समा जिपिएस जडान गरी कोरानाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर खोप दिइएको कार्यालयले जनाएको छ ।
साथै सो कार्यालयले क्षयरोग, कुष्ठरोग, मानसिक रोग र एचआइभी संक्रमको उपचार भइरहेको बताइएको छ । सो कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस कार्यालयबाट बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत पोषण कार्यक्रम, बालबालिकामा नियमित खोप, बालभिटा, जुकाको औषधि वितरण, परिवार स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनसम्बन्धी सेवाका स्थायी साधन र विभिन्न आवश्यक सामग्री स्थानीय तहसँग समन्वय गरेर सेवा उपलब्ध गराइएको छ ।
यस्तै सामुदायिक स्वास्थ्य सेवाअन्तर्गत गाउँघर क्लिनिक, सुत्केरी सेवा तथा राष्ट्रिय भिटामिन ए कार्यक्रम र गर्भ जाँच गर्ने जस्ता सेवालगायतका जनचेतना कार्यक्रम सो कार्यालयले गर्दै आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
दयाहाङ र रिश्मा फेरी एकसाथ, 'रिमै' को छायांकन शुरु
मंसिर ५, २०८१ बुधबार
बजार खुल्नासाथ ५१ सय ७३ कित्ता शेयर कारोबार
मंसिर ५, २०८१ बुधबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार