अब कांग्रेसको ध्यान केन्द्रीय महाधिवेशनतर्फ !
यज्ञप्रसाद भट्टराई
मंसिर १४, २०७८ मंगलबार १६:३३:५७
जिल्ला अधिवेशनको समाप्तिसँगै अब नेपाली कांग्रेसको ध्यान केन्द्रीय महाधिवेशनतर्फ मोडिएको छ । १६ र १७ मंसिरमा हुने प्रदेश महाधिवेशनलाई आ–आफ्नो प्यानलको उम्मेदवारीमार्फत प्रतिस्पर्धामा उत्रन सक्ने अनुमान यसअघिका नगर, क्षेत्र, प्रदेश र जिल्ला अधिवेशनहरुले नै देखाइसकेका छन् ।
लोकतन्त्रको नाम दिइएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा केही नहुनुपर्ने कुराहरु पनि भएका छन् केही हुनैपर्ने कुराहरु छुटाइएका छन् । राजनीतिका भुक्तभोगीहरुले यस विषयमा छुट्टै बहस चलाउलान् या नचलाउलान् र? भविष्यले नै देखाउने कुरामा आशावादी बन्नेबाहेक अरु केही गर्न सक्ने अवस्थामा अहिले नेपाली कांग्रेस रहेको पनि देखिँदैन ।
लोकतन्त्रको अत्यन्तै सुन्दर र परिष्कृत रुप नै प्रतिस्पर्धा हो चाहे त्यो आन्तरिक होस् या दलगत । बाह्य दलहरुसँगको प्रतिस्पर्धामा खरो उत्रन नसकेको वर्तमान कांग्रेस नेतृत्व आफ्नो आन्तरिक प्रतिस्पर्धामा भने अत्यन्तै अब्बल साबित भएको देखिएको छ । यसले एकातर्फ देशमा आफैंले लडेर ल्याएको लोकतन्त्रको भरपुर उपयोग भएको छ भने अर्कोतर्फ आफ्नै दलभित्र अत्यन्तै ठूलो विग्रहको खाडनसमेत पारेको देखिएको छ ।
आन्तरिक प्रतिस्पर्धाका नाममा खडा भएका प्यानलहरु, एक प्यानलले अर्को प्यानललाई हेर्ने दृष्टिकोण र गरिएका व्यवहारहरु हेर्दा लाग्दथ्यो कि नेपाली कांग्रेस आफ्नो अत्यन्तै ठूलो दुस्मनसँग प्रतिस्पर्धा गरिरहेको छ । स्थानीय तहमा यसअघि यसरी कुनै प्रकारको प्रतिस्पर्धाको अभ्यास नभएका कारण पनि हुनसक्छ अथवा यसपटक युवाहरुको उल्लेखनीय उपस्थितिले पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन वास्तबमै अत्यन्तै प्रतिस्पर्धी देखिएको हुनसक्छ ।
जे होस् यस पटक नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको हालिमुहाली र एकलौटी टीके प्रथालार्इ भने स्थानीय वडा, नगर, क्षेत्र, प्रदेश र जिल्ला तहका नेताहरुले बहिस्कार नै गरिदिएको आभस महाधिवेशनको रौनकतामा स्वतस्फूूर्त देखिएका नवयुवाहरुको नेतृत्वको प्रतिस्पर्धाले समेत देखाइरहेको देखिन्थ्यो ।
यसपटक नेपाली कांग्रेसको वडा अधिवेशनदेखि जिल्ला अधिवेशन सकिँदासम्म कुनै पनि केन्द्रीय नेतृत्वको दबाबभन्दा पनि स्थानीय कार्यकर्ताहरुको चाहना र भावनालाई कदर गर्दै जो आउँछ सक्षम र योग्य कांग्रेस नै नेतृत्वमा आउँछ भन्ने चाहना राखेर ठूलो छाति बनाएर हो वा अब पनि नेतृत्वमा दबाब सिर्जना गरे आफैं बढारिने चिन्ता र भयले हो यस पटकको कांग्रेसको नेतृत्व चयनमा केन्द्रीय नेतृत्वको देखिने गरी दबाब भने महसुस नगरिएको कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले बताउने गरेका छन् ।
पार्टीको स्थानीय तहमा भर्खरै नेतृत्वमा आएका नयाँ अनुहारहरुले नेपाली कांग्रेसको सांगठनिक सुधार र नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्न सक्छन् या सक्दैनन् ? यो त आगामी दिनमा उनीहरुले खेल्ने भूमिका र नेतृत्व तहमा देखाउन सक्ने दर्बिलो उपस्थितिले नै प्रष्ट पार्दै जाने कुराहरु हुन् । तर यस पटकको स्थानीय, गाउँ÷नगर, क्षेत्र, प्रदेश तथा जिल्ला अधिवेशनहरुले के देखाइदिएको छ भने अब कांग्रेसभित्र आशिरवादबाट होइन प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनेछ । असल नेतृत्व चयनमा व्यापक प्रतिस्पर्धा हुनेछ, सबैले मन पराएका र कांग्रेसको नेतृत्व गर्न सक्ने नेताहरुलाई छनोट गरेर नेपाली कांग्रेसको सबल नेतृत्वमार्फत पार्टीलाई पुनर्जीवन दिनेछ भन्ने अपेक्षा पनि आमकांग्रेसजनको रहेको देखिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा भने अहिलेसम्म वर्तमान सभापति शेरबहादुर देउवाभन्दा बढी चर्चाको शिखरमा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाकै बढी चर्चा हुने गरेको पाइएको छ । सामाजिक सञ्जालहरुमा स्वतस्फूर्त रुपमा युवाहरुको डा. शेखरप्रतिको उभार र भरोसा अन्य कुनै पनि केन्द्रीय नेतृत्वमा पाइएको देखिँदैन ।
सरल स्वभाव, निडर लिडर, कार्यकर्ताका मनमा बस्न सक्ने खुबी, समस्यालाई सूक्ष्म रुपमा अध्ययन र विश्लेषण गरी तत्काल निर्णय दिन सक्ने, कांग्रेसको छविमा कुनै पनि प्रकारको आँच आउने कुरा आएमा तत्काल प्रतिवाद गर्न सक्ने, देश विकासको योजना बनाउन सक्ने, देशका कुनाकाप्चामा पुगेर देशमा समस्या बुझेको, देशलाई कसरी विकासको बाटोमा अगाडि बढाउन सकिन्छ ? भनेर आम कार्यकर्तातहमा बहस र छलफल चलाउने गरेका कारण पनि देशैभरिका कांग्रेस नेता तथा कार्यकर्ताहरुको आँखा अहिले नेता डा. शेखर कोइरालाप्रति परिरहेको देखिन्छ ।
राज्य सञ्चालनको उपल्लो दर्जामा रही काम नगरेका कारण कुनै प्रकारको भ्रष्टाचारको आरोप नलागेका, आफ्ना नातागोतालाई काखी च्यापेर पार्टीमा आफ्नो छवि नबिगारेका, देशको परराष्ट्र नीतिका व्यमख्याता, गरिवी निवारणका विषयमा जनतासँग बसेर कसरी देश बनाउने ? र जनताको दुर्दिनको अवस्थाबाट कसरी माथि उठाउने ? भनेर छलफल चलाउँदै राजधानीभन्दा बढी देशका कुनाकाप्चामा पुगेर जनता र कांग्रेस नेता तथा कार्यकर्ताहरुको मन जितेका कारण पनि अहिले देशैभरिका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउनैपर्ने अड्डी लिएका देखिन्छन् ।
लामो समयसम्म सरकार र पार्टीको नेतृत्व तहमा बस्दा सुनामभन्दा दुर्नाम बढी कमाएका कारण पनि वर्तमान कांग्रेस नेतृत्वप्रति स्वयं कांग्रेसजन नै सन्तुष्ट नभइरहेको अवस्थामा एक निष्कलंक, निःस्वार्थी, पद र पैसाभन्दा जनताका पिरमार्कालाई बढी प्राथमिकतामा राखेर काम गरेरै देखाएका डा. शेखरका पक्षमा देखिएको यो अपार जनसमर्थनप्रति स्वयं वर्तमान संस्थापन पक्ष भनिएको कांग्रेस नेतृत्वसमेत झस्किरहेको देखिन्छ ।
कोरोना र अन्य प्राकृतिक विपत्तिहरुलाई देखाएर नेपाली कांग्रेसले आफ्नो महाधिवेशन २ वर्षअघिदेखि पटक पटक सार्नुमा समेत डा. शेखर कोइरालाको पपुलारिटी कम गराउन सकिन्छ कि ? भनेर उपाय खोज्नकै लागि मात्रै हो भन्ने कुरा अहिले स्वयं कांग्रेसका संस्थापन पक्ष भनिने नेतागणहरुबाट सूचनाहरु चुहुनुले समेत डा. शेखर कोइरालाको पक्षमा कति जनसमर्थन रहेछ ? भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
देशैभरि देउवा कांग्रेस र पौडेल कांग्रेस बनिरहँदा, वर्तमान पार्टी सभापतिले क्रियाशील सदस्यता वितरणमा देशैभरि एकलौटी राज गरिरहदा समेत आफ्नौ कुनै प्यानल र गुट नबनाई केबल नेपाली कांग्रेसलाई एकजुट बनाउछु भनेर हिँड्नसक्ने नेता यदि कोही छ भने त्यो डा. शेखर कोइराला मात्रै हो भनेर अहिले सिंगो नेपाली कांग्रेसभित्र बहस हुन थाल्नुले पनि चौधौं महाधिवेशनमा सभापतिको दौडमा डा. शेखर खरो उत्रन सक्छन् भन्ने अनुमान गरिएको छ ।
पार्टी र नेतृत्वलाई सांगठनिक रुपमा सक्षम र वैचारिक रुपमा सबल नबनाई नेपाली कांग्रेस शक्तिशाली र जनताको मन जित्ने पार्टी बन्न नसक्ने बताउने नेता डा. शेखरले शिक्षा, स्वास्थ्य, रोजगार, विदेश नीति, विकास र पूर्वाधारका विषयमा समय समयमा दिएका योजनाहरु र तिनलाई पूरा गराउन सक्षम नेताका रुपमा नेपाली जनताले खोजेको डा. शेखर कोइरालाई नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट सभापति बन्ने बाटो खुल्नेछ भन्ने तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आशासमेत गरेका छन् ।
कोइराला परिवारको एकल उम्मेदवार भएर केन्द्रमा नेतृत्वका लागि आकांक्षी देखिएका आफ्ना समकक्षी नेताहरुलाई समेट्न सके अबको केही दिनभित्रै डां शेखर कोइराला नेपाली कांग्रेसको सभापति बन्ने अवस्था सिर्जना हुँदै गइरहेको देखिएका छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार