सुर्केमा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान
नेपालबहस संवाददाता
मंसिर १४, २०७८ मंगलबार २०:१:१२
१४ मंसिर, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले ‘सुर्के’मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।
गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएको स्थानीयको दुखेसो छ । विशेषगरी बिहान बेलुका सुर्के आसपास फोन लाग्न छाडेको उनीहरूको भनाइ छ ।
टेलिकमको टावरमा चढ्छन् स्थानीय
वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाबी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् । विद्युत जडान गरिएपछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा जाेखिम बढेको छ । घुमफिरमा जाने स्थानीय टावरमा चढेर समिता हेर्ने गरेका छन् । कतिपय मानिस मादक पदार्थ सेवन गरेर समेत रमाइलो गर्न टावरमा चढ्ने गरेको स्थानीयले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त
भदौ २३, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार