मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन, कति पायो कारोबार मूल्य ?
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १५:५९:४३
१५ मंसिर, काठमाडौं । बुधबार नेप्सेमा मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन बैंकको १७.५७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ५७१ रुपैयाँ ६४ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयर मूल्य समायोजन गरेको हो। मंगलबार बैंकको शेयर प्रतिकित्ता ६७२ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यसै समायोजित मूल्यलाई आधारमा मानेर बुधबार बैंकको शेयर कारोबार खुल्नेछ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७.५७ प्रतिशत बोनस शेयर र ०.९२ प्रतिशत नगद लाभांश गरी कुल १८.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
मंसिर २५ गते शनिवार हुने बैंकको १५ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांस अनुमोदन गर्ने छ। सभा होटल जल महल घारीपाटन पोखरामा विहान ९ वजे हुने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार