आज ३४औँ विश्व एड्स दिवस मनाइँदै
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १६:५९:१७
१५ मंसिर, बलेवा । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।
दुव्र्यसनमा परेका युवालाई परामर्श दिने तथा क्रमशः एचआईभी एड्सको संक्रमणदर घटाउने योजना आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । दुव्र्यसनमा लागेका युवालाई सुरक्षित सुई वितरण गर्न थालिएको ‘कम्युनिटी सपोर्ट गु्रप’का प्रमुख प्रदीप जिसीले बताए । जिल्लामा १०८ युवाले असुरक्षित रुपमा सुई प्रयोग गरेको पाइएको छ ।
वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्र्यसनमा लागेकाबाट एड्स संक्रमण बढी भएको पाइएको छ । स्वास्थ्य कार्यालय र कम्युनिटी सर्पोट गु्रप तथा राष्ट्रिय एड्स रोग निवारण तथा समन्वय समितिले अभियाननै थालेका छन् ।
सन् २०३० सम्ममा संक्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पु¥याउने, उपचारदर पनि ९५ प्रतिशत नै पु¥याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको गुरौले बताए ।
एड्स दिवसका अवसरमा जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरे, कम्युनिटी सपोर्ट ग्रुपका जिसी र राष्ट्रिय एचआइभी एड्स समन्वय समितिकी सिर्जना थापाले एड्सको अवस्थाबारे आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार