कृषि क्षेत्र समृद्ध नभएसम्म नेपाली जनता समृद्ध हुँदैनः मन्त्री यादव
सरला बैजु
मंसिर १५, २०७८ बुधबार २०:४९:१४
१५ मंसिर, काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषि क्षेत्रलाई समृद्ध नबनाएसम्म नेपाली जनतामा समृद्धि नहुने जनाएका छन् ।
नेपाल कृषि पत्रकार महासंघले आज आयोजना गरेको ‘रासायनिक मलको संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तराष्ट्रिय जगतमा बढ्दै गएको मूल्यवृद्धिको असर नेपालले पनि भोगिरहेको बताए । उनले नेपालमा रासायनिक मलको संकट प्रमुख कारण रहेको बताए । उनले मुलुकमा खरिद ऐन पुरानै भएकोले पनि समस्या सिर्जना भईरहेको बताए ।
उनले भने, ‘सरकारले मल खरिदमा आवश्यक बजेट व्यवस्थापन गर्न नसकेका कारण किसानले मलको अभाव भोगिरहेका छन् ।’ उनले मुलुकमा रासायनिक मलको अभाव हुन नदिन मल कारखाना स्थापना गर्ने प्रयास भईरहेको जानकारी गराए । उनले सातै प्रदेशमा मलखादको गोदाम निर्माण गरी बन्दरगाह अनि सीमा क्षेत्रलगायत सडक आदिलाई व्यवस्थित गर्न सकेमा समाधान हुने बताए ।
मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले अन्तर्राष्ट्रिय स्तरमा मल बनाउने इन्धनको मूल्यवृद्धि भइरहेको जानकारी गराए । उनले मलको भण्डारण गर्ने पर्याप्त ठाउँ नहुदाँ पनि समस्या आईरहेकोले केरुङ नाकामा गोदाम निर्माण गरिदिन आग्रह गरे ।
मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रल सरकारले किसानलाई मलको अभाव हुन नदिन सूचीकरण अभियान गर्न जरुरी रहेको बताए । उनले मल वितरण अभियान चुस्त बनाउन आफूहरु खरिद ऐन सहज बनाउन लागेको बताए ।
राष्ट्रिय कृषक समूहका महासंघका सचिव रामहरि शर्माले हिउँदका साथै बर्खे खेतीलाई हरेक वर्ष कति मल आवश्यक पर्छ, त्यसको लेखाजोखा हुनुपर्ने बताए । उनले रासायनिक मल प्रयोग गर्ने किसानको संख्या बढ्दै जाँदा हाल यसमा परनिर्भर भएर कृषि पेसा खस्कँदो अवस्थामा पुगेको बताए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार