विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा वृहत सरसफाइ अभियान
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार २१:१२:५५
१५ मंसिर, जनकपुरधाम । जनकपुरमा २२ मंसिरदेखि आयोजन हुन लागेको रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएको छ । बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्रबिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ ।
जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए । कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगरपालिका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी तथा सुरक्षाकर्मीहरू सहभागी थिए ।
विवाह पञ्चमीमा स्वदेश तथा विदेशबाट समेत श्रद्धालु भक्जनक्तजनहरू आउने भएकाले सरसफाईमा जोड दिएको हो । केही दिनअघि सरसफाई कर्मचारी र केही वडाअध्यक्षबीच विवाद भएपछि नियमित सरसफाइ रोकिएको थियो । कर्मचारीहरू सरसफाई रोकेर आन्दोलनमा उत्रेपछि जनकपुर दुर्गन्धित बनेको थियो । मेयर साहलगायत केही वडाध्यक्षले पछि काममा फर्कन आग्रह गरेपछि सोमबारदेखि कर्मचारीले काम थालेको हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार