आगलागी पीडितले पाए नगद र न्यानो कपडा
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार २१:५९:५८
१५ मंसिर, मुगु । मुगु गमगढीका आगलागी पीडित परिवारलाई छायानाथ रारा नगरपालिकाले आर्थिक सहयोग र लायन्स क्लब अफ रारा मुगुको आग्रहमा लायन्स क्लब अफ नेपालले न्यानो ओड्ने लुगा सहयोग गरेको छ ।
नगरपालिकाले छायानाथ रारा नगरपालिका-१ तल्लो बजारका आगलागी पीडित १९ परिवारलाई प्रतिपरिवार ४० हजार रुपैयाँ र भाडामा व्यवसाय गरेर बसेका २५ व्यवसायीलाई प्रति व्यवसायी २० हजारका दरले सहयोग गरेको छ । यस्तै कोठा भाडामा बसेका परिवारलाई प्रति परिवार १० हजारका दरले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताए ।
यस्तै, गत बर्ष भारतको उत्तराखण्ड चमौली जिल्ला तपोवन भन्ने ठाँउमा हिउँ पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पनि नगरपालिकाले प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग गरेको नगरपालिकाका खरिदार हिमबहादुर बढुवालले बताए ।
विभिन्न निकायबाट लत्ताकपडा, भाडाकुडा र खाद्यन्न सहयोग भए पनि आगलागी पीडित परिवारसँग नगद नहुँदा उनीहरूको दिनचर्या कठिन बनेकाले नगद सहयोग गरेको नगरप्रमुख हरिजंग शाहीले बताए । मंगलबार आगलागी पीडितलाई लायन्स क्लब अफ रारा मुगुले कम्बल र सिरक वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार