तीन हजार पर्यटन मजदूरलाई राहत
सरला बैजु
मंसिर १५, २०७८ बुधबार २२:५०:०
१५ मंसिर, काठमडौेंं। नेपाल पर्वतरोहण संघलें कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ ।संंघमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिए । जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो ।
संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा आज काठमाडौंंमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिए ।
पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने जनाइएको छ । निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर ९झण्डै दुई करोड ५० लाख० दिने सहमति भएको सो क्रममा जानकारी दिइएको थियो । संघमा आवद्ध ११ हजार मजदूरमध्ये छनोट गरी राहत दिइने छ । मजदूरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने सो क्रममा जानकारी दिइएको थियो ।
यस्तै संघले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमासमेत स्वास्थ्य सामग्री वितरण गरिने छ । त्यस्तै ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डरसमेत दिइने जनाइएको छ ।
समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रभावित मजदूरलाई राहत उपलब्ध गराउन लागिएकोमा सराहना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा राज्यको गम्भीर ध्यान गएको बताए । उनले ज्यान दाउमा राखेर हिमाल चढिमुलुक चिनाउने पर्वतारोहीको खुलेर प्रशंसा पनि गरे । उनले कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने प्रयास गरिरहेका बेला नयाँ भेरियन्टको कोरोनाका कारण पुनः प्रभावित हुने होकी भन्ने चिन्ता प्रकट गरे । नयाँ भेरियन्ट देखिएको मुलुकबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सरकारले गरेको पनि उनले जानकारी दिए ।
मन्त्री आलेले पर्यटक र अगन्तुकको सुविधाका लागि विभिन्न सुधारका काम मन्त्रालयले सुरु गरिसकेको र त्यही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुलाई बाहिर आउनका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको बताए ।
यस्तै वैदेशिक रोजगारमा जानेका लागि विश्रामस्थलको व्यवस्था गरी सुविधा बढाइएको पनि उनले जानकारी गराए ।
–––v
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार