बाग्मती प्रदेशको सभापतिमा ईन्द्र बानियाँको उम्मेद्धवारी घोषणा
सरला बैजु
मंसिर १५, २०७८ बिहिबार १:५८:१६
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन । उनको उम्मेद्धवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन् ।
बानियाँले बाग्मती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले कांग्रेसले लिएको विचार र नीतिका कारण पार्टीमा ठूलो उभार र लहर आएको पनि विश्वास दिलाए । बानियाँले बाग्मती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि विश्वास दिलाए ।
उनले बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए । उनले आफ्नो उम्मेद्धवारी घोषणासभामा उपस्थित् सबै नेता तथा कार्यकर्ताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।
बानियाँका समर्थक काभ्रेका सभापति तीर्थ लामाले नेपालको स्थायी शक्ति नै नेपाली कांग्रेस भएको बताए । उनले बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गरे । उनले बानियाँलाई जिताउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने भन्दै सोहीअनुसार गृहकार्यमा जुट्न पनि आग्रह गरे । त्यस्तै, बानियाँको उम्मेद्धवारीको समर्थक भक्तपुरका सभापति दुर्लभ थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेद्धवार भएको भन्दै जिताउनको लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।
उनले आफूहरुले धेरै लामो छलफपछि आफूहरुको समूहबाट उक्त प्रदेशका पार्टीको तर्फबाट पनि प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई प्रदेशको सभापतिमा उम्मेद्धवारको रुपमा अघि बढाएको सुनाए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार