बागमती प्रदेशको सभापतिको उम्मेदवारी घोषणा भीमसेनदास
सरला बैजु
मंसिर १५, २०७८ बिहिबार ३:१२:३
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्छु त्यसेले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने,‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई बढाएको बताए ।
प्रधानले निष्ठाको राजनीतिक गर्दै आएको बताए । उनले भने, ‘म निष्ठाको राजनीतिबाट डग्दिनँ । यसकारण पनि साथीहरुको माया र मत पाउँछु ।’
गणेशमान सिंहको शालिक अगाडि शान्तिबाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा गरेर आज उपस्थित भएको सुनाए । आफूले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको बताए । आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने,‘इन्द्र बाँनिया र मेरोबीच कुराकानी भएको छ । आशा छ उहाँले मलाई छाड्नुहुनेछ ।’
आफू काठमाडौं उपत्यकाको स्थानीय भएको र बागमती प्रदेशका २१४५ मतमध्ये झण्डै आधा ९ सय मत यही भएकाले जित्ने आधार भएको तर्क गरे । पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमा आफूले भूमिका खेल्ने बताए । सबैले सहमति गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार