कांग्रेस महाधिवेशन : तानाशाहीलाई प्रश्रय दिने ‘रबरस्टाम्प’ नहुन के गर्ने ?
इन्द्र रिजाल
मंसिर १६, २०७८ बिहिबार १७:४१:४१
चौधौं महाधिवेशनलाई रुपान्तरण, पुस्तान्तरण, युवापुस्तामा हस्तान्तरण र नयाँ समीकरणमा चल्ने राष्ट्रिय शक्ति बनाउने अभिभारा महाधिवेशनका सहभागीहरूमा नेपाली कांग्रेसको चौधौं महाधिवेशनपछि पार्टीको आन्तरिक समीकरणमा स्वाभाविक रुपमा पर्न आउने प्रभाव आफ्नै ठाउँमा छ ।
विद्यमान परिस्थितिले स्पष्ट औँल्याएको तीतो वास्तविकता हो— आज नेपाल, नेपाली र नेपाली कांग्रेस एकसाथ विपत्ति र अन्यौलको चौबाटोमा पुगेका छन् । कांग्रेसको तेह्रौं महाधिवेशन हुनुभन्दा १० महिनाअघि भयानक भुईँचालोले असाधारण उथलपुथल मच्चाएको थियो । तर १० वर्षको अन्तरालमा मानव निर्मित र प्रायः राजनीतिक तहबाट उत्पन्न भएका विपत्तिका अनेकानेक अध्यायहरू भोग्न नेपाल र नेपाली विवश रहँदै आएका छन् ।
युद्ध होस् वा शान्ति, दुवैका नाममा जनता कष्ट उठाउन विवश रहँदै आएका छन् । २०५२ सालदेखि २०६२ सालसम्म ‘जनयुद्ध’ का नाममा माओवादीको नरसंहार र देशब्यापी विध्वंस मुलुकले भोग्न विवश भयो । २०६२ देखि २०७२ सम्म शान्ति, सहमति र सहकार्यका नाममा देश र जनताले अवर्णनीय सास्ती पाए । मानौँ, जनता भनेको राजनीतिले लादेको नारकीय यातना र खानु–बिराउनु बिनाको दण्ड–सजाय भोग्ने अमूक प्राणी हुन् ।
जनताले पार्टीहरूलाई लोकतन्त्रका संवाहक र जनताका सेवकका रुपमा हेर्न चाहेको कुरामा कुनै विवाद नहोला । तर पार्टीहरूका क्रियाकलाप लोकतन्त्रको संवाहक होइन लोकतन्त्रको बेइमान उपभोक्ता भएको र जनताको सेवक होइन केवल जनमत बटुल्ने मालिक भएको प्रवृत्ति देखाउँछ । नारामा देश र जनतालाई शीरमा राखिन्छ, तर ब्यवहारमा पैतालामुनि पुर्याइन्छ ।
पार्टी केन्द्रीय समितिको हैसियत फगत ‘रबर स्ट्याम्प’ को रुपमा राख्ने, पार्टीलाई नीतिमुखी होइन, नेतामुखी, त्यसबाट पनि बढेर नातामुखी बनाउने, अनुशासनहीनतालाई क्षमाशीलताको नाममा उक्साउने, पार्टीका अन्य निकायलाई क्रियाशील बनाउन जोड नगर्ने, गुटबन्दीलाई संस्थागत गर्न खोज्ने, कार्यकर्ताको न्यायोचित मूल्याङ्कन होइन, चाकरीमा दौडधुप गरेको आधारमा विश्वास गर्ने जस्ता चरम विकृति बढ्दै गए । यसले निष्ठावान, इमानदार, विवेकशील र लोकप्रिय कार्यकर्ताहरू हतोत्साही, निराश र दिग्दार अवस्थामा पुर्याउँदै लगेको छ ।
संविधानसभाद्वारा निर्मित संविधानको पालना गर्ने सबाल नै आज सबभन्दा कलहको बीउ भइरहेको छ । नेपालको दयनीय कूटनीतिक अवस्थालाई सो संविधानकै कारणले लादिएको भारतीय नाकाबन्दीले प्रतिबिम्बित गरिदिएको थियो, नाकाबन्दीको विरोधमा बोलिदिने एउटा मुलुक पनि नेपालले नपाएर ।
यो कुनै अवस्थाले होइन ‘व्यवस्था’ ले थोपरेको असफल राज्य र संकटग्रस्त नेपालको असफल छिमेकी नीति एवं विदेशनीतिको प्रारम्भिक रुप हो । आफ्नो चौधौं महाधिवेशनको यो मौसममा मुलुकको सबभन्दा जिम्मेवार पार्टी नेपाली कांग्रेसले ध्यान र बहसमा ल्याउनुपर्ने मुलुकको अस्तित्व र राष्ट्रिय स्वाभिमानको प्रश्न प्रधान हो ।
चौधौं महाधिवेशन
कांग्रेसको चौधौं महाधिवेशनको यत्रो रमझममा वर्तमान नेतृत्वकर्ताहरूको वैचारिक पक्ष एकदमै निराशलाग्दो छ । उपलब्ध परिस्थितिमा पार्टीले कुनै नीतिगत बाटो लिने, लक्ष्य के हो, र रणनीति के हो ? मतलब भएको देखिंदैन । नेतृत्वका लागि सबैले आफूलाई ठूलै ओहोदा र जिम्मेवारी ताकेका छन् तर पार्टीलाई कुन सिद्धान्त, नीति, कार्यसूची, प्राथमिकता र रणनीतिका आधारमा नेतृत्व दिन तयार देखिएका हुन्, उत्तरदायित्व कतै देखिएको छैन ।
पार्टीको क्रियाशील सदस्यता तल्ला निकायको निर्वाचन हेर्दा नयाँ कार्यकर्ताको प्रवेश धेरै देखिन्छ । स्थानीय स्तरका निर्वाचनमा कतिपय पुराना हस्तीले नयाँ कार्यकर्ताबाट निर्वाचन हारे । तर वैचारिक नयाँपन कतै देखिँदैन । यसलाई पार्टीको वैचारिक मृत्यु भनिन्छ, जहाँ आधारभूत वा अपरिवर्तनीय सिद्धान्त पनि स्खलित वा मुर्छित स्थितिमा पुग्छ ।
प्रतिबन्धित भए पनि कांग्रेस के भन्छ भनेर अन्तर्राष्ट्रिय जगतले महत्वका साथ सुन्ने गथ्र्यो । कांग्रेसलाई ‘एक नम्बर दुस्मन’ घोषणा गरेका कम्युनिष्ट घटकहरू पनि महत्वपूर्ण राजनीतिक मोडमा कांग्रेसकै मुख ताकेर त्यही तालमा आफ्नो चाल मिलाउँथे । गम्भीर कदमका लागि निर्णय लिनुपर्दा सबै पार्टी कांग्रेसकै प्राङ्गणमा भेला हुने गरेकै हुन् । दस्तावेजमा लेखिएका पार्टीका सिद्धान्त र नीति व्यवहारमा अनुवाद भएकै हुन्थे । पार्टी नेतृत्वले कार्यकर्तामा वैचारिक नयाँपन खोज्ने गथ्र्यो । अध्ययनशील, विचारवान्, नैतिकवान् र जनप्रिय कार्यकर्ता नेतृत्वको पनि प्रिय हुने गर्थे ।
यसअघि तेह्रौं महाधिवेशन एउटा बाध्यात्मक अवस्थामा भएको थियो । भूकम्पले थिलथिलो बनाएको, नाकाबन्दीले अस्तव्यस्त पारेको, तस्कर, कालोबजारिया तथा आर्थिक अपराधी अर्थतन्त्रमा हावी भएको, भ्रष्टाचारले दयनीय तथा कहालीलाग्दो अवस्थामा पुर्याएको, राजनीतिक विवादले सामाजिक सद्भाव खल्बल्याएको, विखण्डनकारी नियतले टाउको उठाएको, गरिखाने युवाशक्ति बेरोजगार र आजित भएर विदेश पलायन भइरहेको जस्ता भयावह परिसूचकका बीच देशको सबभन्दा जेठो र प्रजातन्त्रवादी पार्टी कांग्रेसले तेह्रौं महाधिवेशन गरेको थियो । महाधिवेशनको नाममा सभापति लगायत पदाधिकारी र सदस्यहरूको चुनाव मात्र भयो । कुनै प्रस्ताव पारित नभई त्यत्रो महाधिवेशन नेताको चुनाव गरेपछि सकियो ।
नेपाली कांग्रेसको वैचारिक शिथिलता २०४८ सालपछिबाटै प्रजातान्त्रिक समाजवादलाई पूरै लत्याएर सामन्तवादी संस्कारका साथ पश्चिमा मुलुकहरूले पनि त्यागेको ‘आक्रामक पुँजीवाद’ अवलम्बन गरेपछि प्रारम्भ भएको हो । समाजवादलाई समाप्त गरेपछि पार्टीको आन्तरिक लोकतन्त्र र यसका आधारभूत मूल्य, मान्यता, परम्परा र मौलिक कांग्रेसी संस्कृतिलाई सिध्याउने काम भयो ।
यसमा पार्टी केन्द्रीय समितिको हैसियत फगत ‘रबर स्ट्याम्प’ को रुपमा राख्ने, पार्टीलाई नीतिमुखी होइन, नेतामुखी, त्यसबाट पनि बढेर नातामुखी बनाउने, अनुशासनहीनतालाई क्षमाशीलताको नाममा उक्साउने, पार्टीका अन्य निकायलाई क्रियाशील बनाउन जोड नगर्ने, गुटबन्दीलाई संस्थागत गर्न खोज्ने, कार्यकर्ताको न्यायोचित मूल्याङ्कन होइन, चाकरीमा दौडधुप गरेको आधारमा विश्वास गर्ने जस्ता चरम विकृति बढ्दै गए । यसले निष्ठावान्, इमानदार, विवेकशील र लोकप्रिय कार्यकर्ताहरू हतोत्साही, निराश र दिग्दार अवस्थामा पुर्यायो ।
प्रजातान्त्रिक संस्कार र पद्धति नअपनाउने पार्टी वा नेता कुनै पनि मानेमा प्रजातन्त्रवादी हुन सक्दैन भन्ने शाश्वत सत्य पनि यसै अवधिमा हराएर गयो । सबभन्दा खतरनाक प्रवृत्ति त यस्ता असंगति र विकृति पार्टीभित्र झाङ्गिरहँदा पनि नेतृत्वले उपचार र सुधारका उपाय नअपनाउनु नै हो । तेस्रो चरणमा आएर पार्टीले संवैधानिक राजतन्त्रलाई विधानबाट हटायो । आज आएर कांग्रेस राष्ट्रियताको सबालमा पनि विवश, शिथिल र कमजोर भएको प्रतीत हुँदैछ । राष्ट्रियताका कतिपय प्रसंगमा कांग्रेस मुखर ढङ्गले प्रस्तुत हुनबाट चुकेको अनुभव हुन्छ ।
विगतमा कांग्रेस प्रतिबन्धित हुँदा पनि आफ्नो सैद्धान्तिक अडान र स्वाभिमानका आधारमा राष्ट्रिय शक्तिको रुपमै रह्यो । कांग्रेसका व्यक्त विचारले तत्कालीन राजनीतिक वृत्तमा महत्वपूर्ण हलचल ल्याउँथ्यो । प्रतिबन्धित भए पनि कांग्रेस के भन्छ भनेर अन्तर्राष्ट्रिय जगतले महत्वका साथ सुन्ने गथ्र्यो । कांग्रेसलाई ‘एक नम्बर दुस्मन’ घोषणा गरेका कम्युनिष्ट घटकहरू पनि महत्वपूर्ण राजनीतिक मोडमा कांग्रेसकै मुख ताकेर त्यही तालमा आफ्नो चाल मिलाउँथे । गम्भीर कदमका लागि निर्णय लिनुपर्दा सबै पार्टी कांग्रेसकै प्राङ्गणमा भेला हुने गरेकै हुन् । दस्तावेजमा लेखिएका पार्टीका सिद्धान्त र नीति व्यवहारमा अनुवाद भएकै हुन्थे । पार्टी नेतृत्वले कार्यकर्तामा वैचारिक नयाँपन खोज्ने गथ्र्यो । अध्ययनशील, विचारवान्, नैतिकवान् र जनप्रिय कार्यकर्ता नेतृत्वको पनि प्रिय हुने गथ्र्यो ।
आगामी महाधिवेशनमा कार्यकर्ताहरूले नेतृत्वलाई प्रभावकारी र कामयावी बनाउने हो भने मोलाहिजा नगरी यी आधारभूत कुरा महाधिवेशनमा उठाउन सक्नुपर्छ । कांग्रेसको समस्या जनतामा होइन, आफैँभित्र छ र आफैँभित्र खोज्नु उचित हुन्छ । चौधौं महाधिवेशनले जनतामा आशाको सञ्चार गराउने के सन्देश दिन्छ ? कार्यकर्तालाई कति उत्साही बनाउन सक्छ ? महाधिवेशनको पूर्वसन्ध्यामा उत्तर खोजिएका मुख्य प्रश्न यिनै हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार