गरिमा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुला
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार १६:२९:५७
१६ मंसिर, काठमाडौं । गरिमा विकास बैंकले बिहीबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ दरको १० लाख कित्ता आठ दशमलव ७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गरेको हो ।
उक्त ऋणपत्रको अवधि सात वर्ष रहनेछ । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । बाँकी ६० करोड रुपैयाँ बराबरको छ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
बैंकको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गरेको छ । फन्डमा लगानीकर्ताले न्यूनतम २५ देखि एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ । सो ऋणपत्र खरिदका लागि छिटोमा २० मंसिरसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि १ पुससम्म लम्बिनेछ। फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
गरिमाको यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार