नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउनु सरकारको दायित्व
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार १८:३५:५८
अनुसा थापा
जनतालाई कोरोनाबाट बचाउन सरकारले उचित कदम चाल्न जरुरी देखिएको छ । विश्वको अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखापरेको छ । विभिन्न राष्ट्रले नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नितिहरु अप्नाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेको छ ।
हाम्रै छिमेकी देशहरुको पनि सीमाना बन्द गरिसकेको छ । विज्ञहरुले समेत यस भाइरसबाट बच्न आग्रह गरिरहेको छन् । तर, नेपालमा भने यस भाइरसलाई बेवास्ता गरिएको छ । अधिकाशं सडक, सार्वजनिक स्थल, पार्टी पौवा, मठमन्दिर, सार्वजनिक यातायातमा अत्याधिक भीड रहेको छ । स्वास्थ् मापदण्डको पालना नगरि मानिसहरु जथाभावी दौडिएका छन् । कोरोनाको नयाँ भेरियन्टलाई कसैले गम्भीरता साथ हेरेको छैन् । कोभिडको दोस्रो लहर नसिद्धिदै खोलिएको मठमन्दिरमा भक्तजनहरुको पुजाआजा गर्न भीड लाग्ने गरेको छ ।
मन्दिरमा दर्शन गर्ने, भजनकृतन गाउने भन्दै बुढाबुढीदेखि लिएर महिलाहरु बालबच्चा समेत बोकेर आउने गरेका छन् । सरकारले पटक पटक स्वास्थ्य मापदण्डको पालना गर्न भनेतापनि हेलचेक््रयाइ गरेर मास्क नै नलगाई मन्दिरामा दर्शन आउनेको घुँइचो देख्न सकिन्छ । अहिले हरेक जिल्लाका मन्दिरहरु खुलिसकेका छन् । स्वास्थ्य मापदण्ड पालना गराउछौं भनेर कोरोनालार्य लिएर लापरबाही गरेका छन् । मन्दिरमा बस्ने पुरोहितदेखि लिएर पुजाआजा गर्न चाहिने सामान बेच्ने व्यापारीले समेत स्वास्थ्य मापदण्डको पालना गरेको देखिदैन् ।
धर्म गर्ने भनेका छन् तर चर्को भीडभन्दा अरु केही छैन् । मन्दिरमा भएका भीडले कोरोना बढ्ने संज्ञा दिएको छ । यदि कोरोनाबाट जनता बचाउनु छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले मठमन्दिर तत्कालै बन्द गर्नुपर्छ । मठमन्दिर मात्र बन्द गरियो भने कोरोना नियन्त्रण गर्न सरकारलाई निकै सघाउ पुग्छ । रात्रिकालिन व्यवसायी, पार्टीप्यालेस, होटल व्यवसाय जस्ता भीडभाड हुने स्थान गृह मन्त्रालयले बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुपर्छ । अत्याधिक भीडभाड हुने क्षेत्रहरु सञ्चालनमा मन्त्रालयले बन्देज लगाउन जरुरी देखिएको छ ।
मालपोत, यातायात कार्यालय र राहदानी बनाउने कार्यालय पनि सञ्चालनमा रोक लगाइदिए केही हदसम्म कोरोना नियन्त्रण सम्भव छ । केही दिनको लागि सिडियो कार्यालयबाट जनताले पाउने सेवासुविधा केही दिनको लागि सञ्चालन गर्न दिनुहुन्न । बैंक तथा वित्तीय संस्थाहरु पनि केही दिनसम्म चल्नबाट बन्देज लगाएमा कोरोना नियन्त्रण गर्न सक्ने अवस्थाको सिर्जना हुन्छ । सरकारले बनाएको मापदण्ड पालना गर्नमा बैंकफाइनेन्स पनि चुकेको छ । वित्तिय संस्थाहरुले पनि स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गरेका छन् । अब सरकारले जोरबिजोर प्रणाली लागु गरेर वित्तिय संस्था खोल्न दिनुपर्छ । यता, सरकारी वा निजी विधालयले पनि हेल्थ प्रोटोकलको पालना गरेको छैनन् । विधालयमा सामाजिक दुरीको पालना गर्नु असम्भव जस्तै देखिन्छ । विधार्थीहरुले मास्कसमेत लगाएका छैनन् ।
अहिले बालबालिका कोरोनाको घेरामा घेरिएका छन् । बालबालिकाले मास्क लगाउदैनन् भने विधालयले स्यानिटाइजर व्यवस्था समेत गरेको छैन् । सरकारले बालबालिकाहरुलाई कोरोनाको नयाँ भेरियन्टबाट टाढा राख्न कि प्रभावकारी ढंगले सामाजिक दुरीको पालना गर्न लगाउनुपर्छ । नत्र भए अनलाइनबाट पढाउनु नै उपयुक्त देखिएको छ । अनावश्यक रुपमा टाइम पास गर्न बिनाकाम सडकमा प्रशस्तै मानिसहरु हिडिरहेका हुन्छन् । आफ्नो स्वास्थ्यको ख्याल नगरि नेपाली जनता निस्फ्रिकी डुलिरहेका छन् । यसरी जथाभावी डुल्दा कोरोना संक्रमण बढ्ने डर ज्यादै हुन्छ । सार्वजनिक यातायातले कोरोना फैलाउन झनै ठुलो भुमिका खेलेको छ ।
बस, माइक्रोबस, ट्याम्पुजस्ता गाडीमा यात्रुको भीड धेरै नै हुन्छ । दाउरा मिलाएजस्तै राखिएका यात्रुको चाङमा कोरोना फैलिन सक्ने जोखिम बढी रहन्छ । अहिले बसका सहचालक चालकले नै मास्क, स्यानिटाइजरको प्रयोग गर्दैनन् ।सार्वजनिक यातायातमा यात्रा गर्ने कमै यात्रुले मात्र मास्क लगाएको देखिन्छ । लगाएका अधिकांशले पनि चिउँडो छोप्नको लागि मास्क लगाएका छन् । जसले गर्दा एउटासंग भएको रोग अर्कोलाई सर्ने दर बढिरहेको छ । ढोकैसम्म यात्रु उभाइएको हुन्छ तर त्यस्ता सवारीलाई कारबाही गरिदैन् । सरकारले सिटभन्दा बढी यात्रु हाल्न नपाउने निर्णय गर्नुपर्ने बेला भएको छ । सहचालक चालकका साथै यात्रुले पनि अनिवार्य रुपमा मास्क लगाउनपर्ने नियमको निर्माण गरेमा कोरोनाबाट जोगिने अलिकति आश जाग्छ । चुनाव नजिकिएसंगै राजनितिक दलहरुको महाधिवेशन, बेठक, सभा जस्ता गतिविधिहरुले स्थान पाएका छन् ।
दलहरु आफै कोरोनालाई साइडमा राखेर भेला गर्दै हिडेका छन् । न राजनितिक दलले मास्क लगाउछन् न त सिकाँउछन् । जनताहरु पनि राजनितिक दलका कार्यकर्ता बनेर भीड बढाउने काम मात्र गरिरहेका छन् । अहिले प्रधानन्यायात्रीशको राजीनामा माग गर्दै आन्दोलन भइरहेका छन् । सयौंको संख्यामा वकिलहरु सडकमा ओइरिएका छन् । यो पनि कोरोना फैलिनुको प्रमुख कारण बनन सक्छ । अब मन्त्रालयले २५ जना भन्दा बढी सहभागी गरेर कुनै कार्यक्रम गर्न नदिने निणर्य गर्नुपर्छ ।
हवाई जहाजहरुमा सरकारले बनाएका प्रोटोकलहरुको पालना भएका छन् कि छैनन् । भनेर अनुगमन गरिनुपर्छ । साथै, सिट संख्याभन्दा बढी यात्रु हाल्ने, सरकारले बनाएका मापदण्ड पालनामा अटेर गर्ने लामो रोडको गाडी चल्न दिनुहुन्न । नेपाल र भारत छिमेकी मुलुक हुन् । यी दुई राष्ट्रलाई एकअर्कोको देश जान कुनै रोकतोक लगाइएको छैन् । नेपालीहरु आफ्नो परिचयपत्रको आधारमा भारत जान पाउछन् भने भारतीय पनि सजिलै नेपाल छिर्न पाउँछन् । नेपालका अधिकांश नागरिकहरु रोजगारीको लागि भारत गएका छन् । नेपालमा पनि भारतीयको संख्या उल्लेखीय छ । भारतमा कोरोना संक्रमणको दर बढेसंगै नेपालीहरु धमाधम आफै देश फर्किदै छन् । तर, नाकामा कोरोनाको परीक्षण भएको छैन् । भारतबाट नेपाल आउनेहरु सिधैं आफ्नो घर धाइरहेको छन् । जसले गाँउ र टोललाई नै खतरामा पारेको छ । शहर त क्वारेन्टाइन को व्यवस्था गरिएको छैन् भने गाँउमा कल्पनाभन्दा बाहिरैको कुरा हो ।
ठुल्ठुला व्यापारिक मल, सुपर मार्केटहरु जस्तैः भाटभटेनी, बिग मार्ट, लबिम मलमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन् । सिनेमाघरहरुले पनि अलिक लापरबाही नै गरेका छन् । घरघरमा कबाडी सामान लिन आउनेलाई कोरोनाको बारे मतलब छैन् । फुटपाथ व्यापारी, ठेलागाडा व्यापारी र कराना पसलेले पैसाभन्दा अरु केही देखेका छैन् । सडक छेउछाउ पुरै ढाकेर बसेका फुटपाथ व्यापारीहरुले पनि स्वासथ्य मापदण्डको पालना गरेको छैनन् । सरकारी कार्यालयमा झनै खुट्टा टेक्ने ठाँउ छैन् ।
हरेक सरकारी कार्यालयमा दैनिक हजारौको संख्यामा भीड लाग्छ । प्रभावकारी ढंगबाट काम सुचारु गर्न नसक्दा जनताले दुःख त पाएका छन् नै । त्योभन्दा पनि कोरोना फैलिने चिन्ताले पिरोलिरहेको छ । उपत्यकावासीलाई बचाउन मेयरहरुले साँगा र थानकोट नाकामा स्वास्थ्यकर्मी राखेर कोरोना परीक्षण गर्ने हो कि ? यति गरिदिने हो भने उपत्यकाबासीले कोरोना लाग्ने डरबाट अलिकति भएपनि राहत पाउथे । अहिले देशभरका जनता उपत्यकामा बस्छ् । यदि केही गरि कोरोनाले विकराल रुप लियो भने उपत्यका नै सखाप हुन्छ । सरकारले पनि जनता बचाउन हो भने उपत्यका भित्रिने नाकाहरुमा कडाइका साथ चेकजाँच गर्नुपर्छ । कोरोनाको नयाँ भेरियन्टबाट देशका नागरिकहरुलार्य बचाउन सरकारले आवश्यक निति बनाउने बेला आएका छन् । अझ बालबालिका, दीर्घकालिन रोगी र बुढाबुढीलाई अनावश्यक काममा ननिस्कन आग्रह गर्नुपर्छ । यसबाट कोरोना केही मात्रासम्म न्युनिकरण गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार