तालिबानमा महिलालाई बच्चा जन्माउनै समस्या !
सरला बैजु
मंसिर १६, २०७८ बिहिबार १९:२४:३५
♦इलेन जंग / टॉम डांकिन
१६ मंसिर, एजेन्सी । अफगानिस्तानको धेरै अस्पतालका डाक्टरले कयौँ महीनाबाट तलब लिएका छैनन् । विना तलब काम गरिहेका यी डाक्टरका अनुसार अफगानिस्तानमा मानवीय संकट उत्पन्न भईसकेको छ । यस्तै हालत हुने हो भने, अब त्यहाँको डाक्टरले काम गर्न सक्ने अवस्था छैन् ।
एक रिपोर्टको अनुसार एउटी गर्भवती महिला आफ्नो बच्चालाई मारी दिन डाक्टरसँग आग्रह गर्दै थिईन् । उनी अपरेशनबाट बच्चालाई जन्म दिदैँ थिईन् । तर उनी आफ्नो बच्चालाई जन्म दिन चाहँदिन थिईन् । बच्चाको भविष्य नरहेको भन्दै उनी रुँदै बच्चालाई मारीदिन महिला डाक्टरसँग आग्रह गर्दै थिईन् । उनले रुँदै भनिन्, ‘मलाई थाहा छैन्, म कसरी जिउँदो रहन्छु, यस्तो हालतमा म यो बच्चालाई कसरी यो दुनियामा ल्याउँन सक्छु ।’
अफगानिस्तानको अस्पतालमा भर्ना हुने प्राय पहिला कुपोषणबाट ग्रस्त छन् । भर्ना हुने महिलालाई यो थाहा छ की उनीहरुबाट जन्मने बच्चालाई उनीहरुले आफ्नो दुधसम्म खान दिन सक्दैनन् । यस्तो अवस्थामा उनीहरुले एउटा नयाँ जिवनको रक्षा कसरी गर्न सक्छन् ।
अस्पतालको महिला डाक्टरको अनुसार अस्पतालका वार्ड पुरा गर्भवती महिलाले भरिएको छ । तर त्यहा सफाई हुन छोडेको धेरै भईसकेको छ । हरेक कोठाको भित्ताहरु रगतले लतपतिएको छ । बेडको तन्ना, ओड्ने नधोएको महिनौ भईसक्यो तर उनीहरु त्यही ओड्ने ओडन बाध्य छन् । अस्पतालको सफाई गर्ने कर्मचारी तलब नपाए पछि महीना अगाडी काम छोडेर गईसकेको अवस्था छ ।
प्रसुती वार्डमा गर्भवती महिलाको संख्या धेरै भएर एउटा बेडमा दुई जनासम्म बस्न बाध्य छन् । अस्पताल र वरपरको निजी क्लिनिक बंद भैइसकेको छ । मध्य अफगानिस्तान यो प्रतिष्ठित अस्पतालमा अब पहिलाको भन्दा तीन गुणा बढी बिरामी आएको छ ।
ग्रामीण क्षेत्रको डाक्टरका अनुसार साधरण औषधी पनि बिरामीलाई दिन सकिरहेको छैन् । डा. सिद्दीकी यो अस्पतालको निदेशक हुन् । उनको अनुसार सेप्टेम्बरमा बाहिरी फण्ड रोकेपछि मर्नेको संख्या ह्वात्तै बढेको बीबीसी समाचारमा उल्लेख छ ।
महिला डाक्टरको अनुसार कुनै पनि अस्पतालको मैटरनिटी वार्ड सबभन्दा खुशी रहने ठाउँ हो, तर अफगानिस्तानमा अहिले अवस्था अर्कै छ । सेप्टेम्बरको दुई हप्तामा पाँच जना शिशु भोकले मरेका थिए । अफगानिस्तानमा अब भीषण भुखमरी लागी सकेको छ । अब यही अवस्था कायम रह्यो भने अब केहि समय पश्चात डेढ़ करोड़ बच्चा भीषण कुपोषणको शिकार हुन सक्ने आशंका देखिएको छ ।
अफगानिस्तानमा अहिले निकै सुख्खा लागेको छ, लडाईले गर्दा यहाँको अर्थ व्यवस्था पूर्ण रुपले ओरालो लागेको छ । अगस्टमा तालिबानको सत्ता आएपछि यहाँ विदेशी मद्धत पूर्ण रुपले बन्द भएको छ । अफगानिस्तानको अस्पताल सबै बाहिरी देशको मद्धतमा निर्भर थियो ।
अफगानिस्तानमा कुपोषित बच्चाको उपचारको दिने २३ सय केन्द्र बन्द भैईसकेको छ । ग्रामीण क्षेत्रको डाक्टरका अनुसार साधरण औषधी पनि बिरामीलाई दिन सकिरहेको छैन् । डा. सिद्दीकी यो अस्पतालको निदेशक हुन् । उनको अनुसार सेप्टेम्बरमा बाहिरी फण्ड रोकेपछि मर्नेको संख्या ह्वात्तै बढेको बीबीसी समाचारमा उल्लेख छ । हरेक हप्ता १० वर्ष भन्दा कम उमेरका कमसे कम चार बच्चाको मृत्यु कुपोषणबाट हुने विरामीको कारण भईरहेको छ ।
उनको अनुसार यो समयमा युवाहरु प्नि भोकमरी र मानसिक तनावमा जीउन बाध्य छन् । पांँच वर्ष भन्दा कमका बच्चाहरु यस्तो हालतमा अस्पताल आउँछन् की उनीहरुलाई बचाउन मुश्किल भएको छ । उनको अनुसार कति बच्चाहरु अस्पतालको गेटमा नै मर्न थालेका छन्, उनीहरुको उपचार नै सुरु हुन पाउँदैनन् ।
कतिपय समयमा नै अस्पतालमा आएपनि उनीहरुको लागी उपचार सामग्री नै हुदैन् । अस्पतालमा खाना र औषधीको चरम अभाव भएको छ । अस्पतालमा विरामीलाई तातो राख्न समेत सकिएको छैन् । डा. सिद्दीका अनुसार स्टाफको खाना पनि दाउरा जम्मा गरेर पकाउनुपर्ने वाध्यता छ, त्यही बलेको आगोले नै अस्पताललाई तातो बनाईरहेको छ । यो पनि अब सम्भव नहुने देखिएको उनको भनाई छ ।
महिला डाक्टर भन्छिन्, ‘छिट्टै हाम्रो पिउने पानी पनि सिद्धिदै छ, तापमान तलतल झर्दै गर्दा चिसो बढिरहेको छ, तातो गर्ने कुनै व्यवस्था छैन् ।’ उनको अनुसार अब उनीसँग पनि खाने कुरा छैन, भएको पैसा सिद्धिसक्यो ।’ उनी थप्छिन्, ‘म किन काममा आईरहेको छु, थाहा छैन्, सायद एउटा राम्रो भविष्यको आशा लिएर ।’
महिला डाक्टरको अनुसार मेटरनिटी वार्डमा बिजली कटौती गर्ने गरिएको छ । यसले धेरैको मृत्यु हुन सक्ने उनको भनाई छ । मेटरनिटी वार्डमा इनक्यूबेटर चल्न सकेन भने, धेरै नवजात शिशुको मृत्यु हुने देखिएको छ । त्यस्तै बिजली कटौती अरु विरामीको लागी पनि आवश्यक पर्ने हुन्छ, जो विरामीको अपरेशन भईरहेको छ । महिला डाक्टर भन्छिन्, ‘हामी एक अपरेशनमा थियौँ, अचानक बत्ति गयो, म दौडेर बाहिर गएर मद्धत मागे, एक जनाको कारमा इन्धन थियो, त्यही इन्धनले जेनेरेटर चलाउन सकेम ।’ उनी थप्छिन्, ‘जव म अपरेशन कक्षमा हुन्छु, काम छिटो गर भनेर भन्ने गरेको छु, यो एकदम तनावको अवस्था हुन्छ ।’ अस्पतालको स्वास्थ्यकर्मी यो चुनौतीपूर्ण अवस्थामा काम गरिरहे पनि धेरै जसो डाक्टरले तलब पाएका छैनन् ।
हेरातमा एउटा कोविड विरामीको उपचार गर्ने अस्पतालको निदेशक डा रहमानीले तालिबान सरकारको तर्फबाट एउटा पत्र आएको बताए । जसमा भनेको थियो, ‘पैसा जम्मा नभएसम्म विना तलब काम गर्नु ।’ मंगलवार डाक्टर रहमानीले बताए की पैसाको अभावमा उनको यो अस्पताल बन्द भयो । तालिबानको स्वास्थ्य मंत्री डा कलंदर इबादले भनका छन् । ‘नोभेम्बरबाट सरकार अंतरराष्ट्रीय समुदायको साथ मिलेर मद्धत माग्ने कोशिश गरिरहेको छ ।’
अफगानिस्तानमा विदेशी प्रमुख दाताहरु तालिबानसँग सहकार्य गर्ने पक्षमा छैनन् । उनीहरुलाई डर छ की, मद्धत अरु नै कामको लागी प्रयोग हुने हो की भनेर । नोभेम्बरमा संयुक्त राष्ट्र संघले पहिलो चोटी स्वास्थ्य व्यवस्थाको लागी भनेर डेढ़ करोड़ डालर पठाएको थियो ।
यो रकमले एक महीनामा २३ हजार ५ सय भन्दा धेरै स्वास्थ्यकर्मिलाई तलब दिईएको थियो । तर यो रकम धेरै थिएन अफगानिस्तानको लागी । महिला डाक्टर भन्छिन्, ‘छिट्टै हाम्रो पिउने पानी पनि सिद्धिदै छ, तापमान तलतल झर्दै गर्दा चिसो बढिरहेको छ, तातो गर्ने कुनै व्यवस्था छैन् ।’ उनको अनुसार अब उनीसँग पनि खाने कुरा छैन, भएको पैसा सिद्धिसक्यो ।’ उनी थप्छिन्, ‘म किन काममा आईरहेको छु, थाहा छैन्, सायद एउटा राम्रो भविष्यको आशा लिएर ।’ पाकिस्तान और भारतबाट आउने सामान पनि अफगानिस्तान पुग्न सकेको छैन् । बीबीसी
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार