क्यानले पाँच प्रशिक्षकसँग लियो अन्तर्वार्ता, एकको नाम टुंगो लाग्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार १९:३:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/can.jpg_I7khhb4tJa.jpg)
१६ मंसिर, काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ ‘क्यान’ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ ।
क्यानले बुधबार अन्तिम चरणका पाँच प्रशिक्षकसँग अन्तर्वार्ता लिएको हो । यसअघि क्यानको कार्यसमितिको बैठकले पाँच सदस्यीय प्रशिक्षक समिति गठन गरेको थियो ।
कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधिसमेत छन् ।
क्यानका अनुसार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो । जसबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा पाँच जनाको अन्तर्वार्ता लिईएको हो । यद्यपि क्यानले नाम भने खुलाएको छैन ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि क्यानले १ कात्तिकमा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको होे ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाड्दा टोली प्रशिक्षकविहीन रहेको छ ।
क्यानले अन्तिम पाँच जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० मा पठाएको छ । आईसीसीको परामर्शमा अन्तिम एकको नाम टुंगो लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार