कांग्रेस महाधिवेशन : सप्तरी-१ मा १४ पदको मत परिणाम सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार २०:१६:४३
सुधा देव
१६ मंसिर, सप्तरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताको टिममा रहेका उम्मेदवार विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधि महिला चार र खुला १० गरी १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदवारी दिएका थिए । कूल सात सय १४ मतदातामध्ये ६ सय ९८ मत खसेको छ ।
अहिलेसम्म गणना भएको ६ सय मतको परिणामअनुसार चार महिला पदमा बद्रीप्रसाद महत्मान टिमबाट तीन जना विजय भएका छन् भने एक जना गुप्ताको टिमबाट विजय भएका छन् । उक्त टिमबाट निरु पोखरेलले सर्वाधिक तीन सय ६३ मत, मीना चौधरीले तीन सय ४७ मत, रेणु गुप्ताले तीन सय २९ मत ल्याएर विजय भएका हुन् । गुप्ताको टिमबाट मुनीकुमारी गुप्ता तीन सय ४३ मत ल्याएर विजयी भइन् ।
महाधिवेशन प्रतिनिधिको १० खुला पदमध्ये महत्मान टिमबाट पाँच जना विजयी भएका छन् । जसमध्ये सुबोध पोखरेल तीन सय ५९, हेमनारायण चौधरी तीन सय ५९, रामदेव साह तीन सय ५०, उमेश बस्नेत तीन सय ४५, खगेन्द्र कर्ण तीन सय २६ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी, गुप्ता प्यानलबाट पाँच जना विजयी भएका छन् । गुप्ता प्यानलका तेजनारायण यादव तीन सय ७७, रामकुमार चौधरी तीन सय ५४ र शत्रुघन यादव तीन सय ३७ मत र घनान्द यादबको तीन सय २७ मत आएको छ ।
समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ मधेशी महिला एक जना, मधेशी दुई जना, दलित महिला एक जना, दलित दुई जना, थारु एक जना, मुस्लिम एक जना, अपाङ्ग अल्पसंख्यक एक जना, आदिवासी जनजाति एक जनासहित ११ जनाको परिणाम आउन बाँकी छ ।
२५ सदस्यीय क्षेत्रीय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुई प्यानलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २५ सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दुई प्यानलका ५० जनाले उम्मेवारी दर्ता गराएका थिए । क्षेत्रीय सभापतिको लागि बद्रीप्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
महत्मानको टिमको सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह(सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादव छन् । यसैगरी, ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिवतर्फ दुर्गाप्रसाद भट्टराई र नारायणप्रसाद यादव ९महरान०, तथा सहसचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ताको उम्मेदवारी दर्ता गराएका छन् भने कोइराला, पौडेल टिमबाट बद्री प्रसाद महत्मानले उम्मेदवारी दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार