कांग्रेस महोत्तरी-३ को अधिवेशनमा निधि र पौडेल प्यानलबीच झडप
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ बिहिबार २२:१५:४
१६ मंसिर, महोत्तरी । नेपाली कांग्रेस महोत्तरी-३ को अधिवेशनमा झडप भएको छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो ।
संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्दसत्रमा सहभागीहरूले बताएका छन् । महोत्तरी-३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाएका छन् । ञरागवेन्द्र झालाई सभापति बनाउने विवादले समस्या सिर्जना भएको हो,झ काङ्ग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने ।
तिवारीले चुनावभन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान गरेको तर विमलेन्द्रनिकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको आरोप छ ।
मनरासिस्वा नगरपालिका-८ मा बाँकी रहेको वडा अधिवेशन पनि तिवारी पक्ष कै कारण अगाडि बढ्न नसकेको निधि पक्षको आरोप छ । ‘तिवारी तथा पौडेल समूहले वडामा चुनावको तयारी हुँदै गर्दा फर्जी मतदाता ल्याएर निर्वाचन भाड्न खोजेको आरोप छ,’ क्षेत्र नम्बर ३ का उपसभापति विजय साहले भने ।
बन्दसत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते भएका छन् । तिवारी पक्षले बन्दसत्रमा नै गुण्डा परिचालन गरेपछि निधि समूह छलफल नै नगरी बाहिरिएको साहको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार