वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छ ः नवनिर्वाचित उपाध्यक्ष ज्ञवाली
सरला बैजु
मंसिर १६, २०७८ शुक्रबार ०:३३:६
![](https://nepalbahas.prixacdn.net/media/albums/yubraj-gyawali-final_zXvkaTOnPd.jpeg)
१६ मंसिर, काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् ।
बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे । उनले भने,‘नेपालको ईतिहासमा यति धेरै जनसहभागिता कुनैपनि पार्टीको कार्यक्रममा भएको थिएन । मैले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु, यसपटकको हाम्रो महाधिवेशनमा पाँच लाख जनता उतार्ने योजना थियो । तर, त्योभन्दा पनि धेरै जनसमूदायको उपस्थितिमा हाम्रो उद्घान सम्पन्न भयो । एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो अवस्थामा छ ।’
उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याए । उनले भने, ‘एमालेसामू चूनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समिक्षा गर्नुपर्छ ।’
उनले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे । उनले भने,‘हामी कमिकमजोरी सच्याएर र फराकिलो छाती लिएर अघि बढ्नेछौं ।’ ज्ञवालीले महाधिवेशन भव्य र सफल रुपमा सम्पन्न भएको दाबी गरे । यद्धपी महाधिवेशनमा केही कमिकमजोरी भने रहेको उनले स्विकारे । उनले आफूले पार्टीको चौथोदेखि १०औं महाधिवेशनसम्म सक्रियताका साथ भाग लिएको पनि स्मरण गराए ।
उनले नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि सुनाए । उनले भने,‘अहिले पनि जनमत एमालेको पक्षमा रहेको छ । एमालेसँग दुई तिहाईको बहुमतको सरकार सञ्चालन गरेको अनुभव छ । विगतको सकारात्मक र नकारात्मक अनुभवबाट शिक्षा लिएर एमालेले सिंगै मुलुकलाई हाँक्नेगरि आफ्नो योजना, नीति र कार्यक्रम प्रस्तुत गरिसकेको छ ।’
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार