एक हजार महिलालाई ‘इम्ब्रोइडरी थाङ्का’ तालिम
सरला बैजु
मंसिर १६, २०७८ शुक्रबार ०:४८:२५
१६ मंसिर, काठमाडौं । एकहजार नेपाली महिलालाई रोजगारी दिने उद्देश्यले ‘इम्ब्रोइडरी थाङ्का’ तालिमको सुरूवात भएको छ ।
नेपाल विश्वकर्मा आर्टस् एण्ड क्राफ्ट्स प्रालि, बौद्धले उक्त तालिमको सुरूवात गरेको हो । कपडामा विभिन्न रंगका धागोले इम्ब्रोइडरी गरी बनाइने थाङ्का तालिमको उद्घाटनका लागि चीनका प्रशिक्षकहरू भर्चुअल माध्यमबाट जोडिएका थिए ।
सो प्रालिमार्फत चीनका प्रशिक्षकहरुले नेपाली महिला÷किशोरीलाई तालिम दिएर उत्पादन भएका सामग्री बजारीकरणका लागि चीनियाँ नागरिक ढोमा घ्यापले सहकार्य गर्ने नेपाल विश्वकर्मा आर्ट्स प्रालिका व्यवस्थापक दावा लामाले जानकारी दिए ।
उनले हातले कपडामा बुट्टा भर्ने यस तालिममा सहभागीलाई ६ महिनासम्म प्रशिक्षण दिने बताए । काम सिकेपछि कार्यालयमा आएर काम गर्न चाहनेका लागि रोजगारी दिने र नचाहनेले घर–घरमै आफ्नो घरायसी काम सकेर बुनेर दिन सक्छन्, त्यसको उचित मुल्य पाउने उनले बताए । थाङ्का बनाउन कच्चा पदार्थ पनि कम्पनीले नै व्यवस्था गर्ने व्यवस्थापक लामाले बताए । कोभिड–१९ सुरू हुनुभन्दा अगाडि नै तालिम दिने तयारी गरिएकोमा महामारीका कारण रोकिएकोले तालिमको उद्घाटन गरिएको प्रालिले जनाएको छ ।
नेपालमै प्रार्दुभाव भई लोपोन्मुख स्थितिमा रहेको ईम्व्रोईडरी थान्कालाई चाईनामा संरक्षण र पुर्नजागरणपछि नेपाल र नेपाली जनता माझ पुर्नस्थपित गर्न पहिलो चरणमा तालिम दिने र त्यसबाट उत्कृष्टलाई रोजगरी दिईने तय भएको छ । क्राफ्टसका सम्पर्क अधिकृत दावा लामा भन्छन्, ‘तालिमका आवश्यक कच्चा पदार्थ, ठाउँ र प्रशिक्षक समेत ईम्व्रोईडरी थान्का चाईनाले उपलव्ध गराउने छ ।
‘विशेषगरी वेरोजगार महिलाको उत्थान र लोपोन्मुख ईन्ब्रोईडरी थान्का प्रविधिको प्रवद्र्धनका लागि नेपाली विद्यार्थीहरुबाट उत्पादित थान्कालाई कोरोना लक दाउन अगाडि पोखरा, ललितपुरको पाटन दरवार, भगवान बुद्धको जन्मस्थल लुम्विनीमा प्रर्दशन भैसकेको फोटो संयोजक विनोद कार्कीले जानकारी गराए ।
तालिम प्राप्त पछि घर घरैमा बसि थान्का बनाउन सकिने छ भने ईम्व्रोईडरी थान्का एक लाख ५० हजार देखि ५० लाखसम्मको हुने हुदाँ पनि घरायसी महिलाको लागि यो ठुलो अवसर भएको बताईयो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार